बिजनेश युनिभर्सलको १३ औं शाखा पोखरा, पस्र्याङ्गमा, १३ प्रतिशत बोनश दिदै

Dec 11, 2015 Mero Lagani

बिजनेश युनिभर्सल डेभलपमेण्ट बैंक लिमिटेड (BUDBL) ले पोखरा, पस्र्याङ्गमा आफ्नो १३ औं शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन शिक्षाविद् एवं समाजसेवी हेरम्ब प्रसाद कोइरालाले गरेका हुन् । साथै बैंकले काठमाण्डौको पुरानो बानेश्वरमा पनि नयाँ शाखा विस्तार गर्ने जानकारी दिएको छ ।

शाखा उद्घाटनका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोहर केसीले बैंकले १३ प्रतिशत बोनस शेयर तथा ०.६८ प्रतिशत नगद लाभांस (बोनस शेयरको कर प्रयोजनकोलागि) वितरण गर्ने विशेष प्रस्ताव राष्ट्र बैकबाट स्वीकृत प्राप्त भएको जानकारी दिए । साथै बैंकले आगामी पौष तीन गतेलाई साधारण सभा समेत राखेको छ । 

हाल बैंकको चुक्ता पुँजी रु. ९३ करोड ४६ लाख ८९ हजार रहेकोमा, साधारण सभाबाट उक्त प्रस्ताव पारित पश्चात् बैंकको चुक्ता पुँजी रु. १ अर्व ५ करोड ६१ लाख ९९ हजार पुग्ने छ । बैकले आ.व. २०७१/७२ मा सञ्चालन मुनाफा रु. २४ करोड ४४ लाख ८५ हजार रहेको छ । बैंकले २०७२ असोज मसान्तसम्ममा रु. करिब ६ अर्व ५९ करोड निक्षेप संकलन गरि रु. ५ अर्व ५८ करोड विभीन्न क्षेत्रमा कर्जा प्रवाह गरेको केसीले जानकारी दिए ।

बैंकले सबै शाखाहरुबाट समय सापेक्ष आधुनिक बैंकिङ्गका सेवा सुविधाहरु ए.टि.एम. सेवा, ईन्टरनेट बैंकिङ्ग सेवा, निःशुल्क ए.वि.वि.एस. सेवा, मोवाईल बैंकिङ्ग सेवा, एस.एम.एस. बैंकिङ्ग तथा लकर सेवा प्रदान गर्दै आएको छ ।

विजनेश बढाउँदै विजनेश युनिभर्सल, संचालन नाफा २०८ प्रतिशतले बढायो

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।