सिभिल बैंक पनि मर्जमा गयो, आईएलएफसीले दियो साथ

Jan 25, 2016 Mero Lagani



धेरै लामो कसरत पश्चात अन्तत सिभिल बैंक (CBL) ले इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स (ILFC) सँग मर्जरका लागि गरेको प्रयास सफल भएको छ । यी दुई संस्थाले सोमबार मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । धेरै संस्थाहरुसँग मर्जरको प्रयास गरेको सिभिलले अन्त्यमा आएर सबैभन्दा धेरै चुत्तापुँजी भएको फाइनान्सलाई गाभ्ने भएको हो । यो सँगै मर्जरमा जाने वाणिज्य बैंकको संख्या ११ पुगेको छ ।

मर्जर सम्बन्धी समझदारी पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ र आईएलएफसीका अध्यक्ष अञ्जयबहादुर शाहले हस्ताक्षर गरेका हुन् ।  

सिभिल बैंकका प्रमुख कार्यकारी किशोर महर्जनले अहिले सम्झौता मात्र भएको र सेयर स्वाप रेसियो डिडिए बाट टुङयाउने बताए । यद्यपी  दुई अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिभिलको बोनश सेयर वितरण पछि  ३ अर्ब ८ करोड चुत्तापूँजी पुग्ने र आईएलएफसी सँगको मर्जर पश्चात चुक्ता पूँजी ५ अर्ब रुपैयाँ नाघ्ने उनको भनाई छ । मर्जर प्रक्रिया टुंग्याएर छिटोमा बैशाख एक वा ढिलोमा जेठ एकबाट एकिकृत कारोबार थाल्ने योजना रहेको महर्जनले मेरो लगानीलाई बताए  ।

२ अर्ब ८८ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको  फाइनान्सलाई राष्ट्र बैंकको मौद्रिक नीतिको नयाँ ब्यवस्था अनुसार राष्ट्रियस्तरको फाईनान्स कम्पनी रहिरहन कुनै अफ्ठेरो नभएपनि निक्षेप रकमको कमीले संचालन खर्च धानेर लगानीकर्तालाई लाभांश खुवाउनै नसक्ने अबस्था रहेकोले  सिभिलसँग जान बाध्य भएको हो ।  

 गत बुधबार सम्पन्न सिभल बैंकको साधारण सभाले ६.७५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पनि पारित गरेको छ । बोनस शेयर वितरणपछि बैंकको चुक्तापूँजी ३ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २६ अर्ब ९२ करोड निक्षेप संकलन गरी २३ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

२ अर्ब ८८ लाख रुपैयाँ चुक्तापूँजी भएको आइएलएफसी फाइनान्सको चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा निक्षेप एक अर्ब ३५ करोड संकलन गरी १ अर्ब ६९ करोड कर्जा प्रवाह गरको छ । जसको खराब कर्जामात्रै १७ प्रतिशत भन्दा बढि रहेको छ ।

 

निस्क्रिय कर्जा १७ प्रतिशत पुगेको आईएलएफसीलाई कसले लेला ?

........................................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।