
१२४ कम्पनीहरुको कारोबार भएको बजारमा १६ लाख ९३ हजार कित्ता शेयर ७१ करोड ८७ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८ करोड रुपैयाँले बढेको हो ।
यसदिन वाणिज्य बैंकको समूहको सूचक २० अंकले बढेको छ भने यो समूहको करिब ३४ करोड बराबरको कारोबार भएको छ । बीमाको सूचक ९.३४ अंकले, विकास बैंकको ८.७१ अंकले तथा अन्य समूहको सूचक १.१७ अंकले बढेको छ। होटल, जलविद्युत तथा वित्त कम्पनीको सूचक भने ओरालो लागेको छ।

बजारमा नागारिक लगानी कोषको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कोषको सेयर १० करोड पाँच लाख रुपायँको कारोबार भएको छ। साधारण सभाका लागि बुक क्लोजको मिति नजिकिए पछि कोषको कारोबार उच्च भएको हो ।
कोषको आगामी चैत्र ४ गते साधारणसभा हुदैछ । कारोबार उच्च भएपनि यो कम्पनीको शेयरमूल्य भने घटेको छ ।
यस्तै नेपाल इन्भनेष्टमेन्ट बैंकको ७ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। इन्भेष्टमेन्ट बैंकको ४ करोड ३० लाख रुपैयाँ बराबरको साधारण तथा २ करोड ८२ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । मंगलबारदेखि बैंकको ९० लाख कित्ता एफपिओ निष्काशन हुदैछ ।
सानिमा बैंकले ४ करोड २९ लाख बराबरको कारोबार गर्दा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी तथा स्टाण्डर्ड चार्टर्ड बैंकको सेयर कारोबार पनि धेरै भएको छ।
स्टाण्डर्ड चार्टर्ड बैंकले राष्ट्र बैकको निर्देशनपछि नयाँ लाभाश प्रस्ताव गरेको छ । जसमा बोनश शेयर १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको छ भने नगद लाभांश घटाएको छ । यो बैंकको शेयरमूल्य समेत ६.७४ प्रतिशत अर्थात १८० रुपैयाँले बढेर प्रतिकित्ता २ हजार ८ सय ५० रुपैयाँ पुगेको छ ।
नमस्ते वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यस्तै पूर्णिमा विकास बैंक र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ता पनि कमाउनेमा अगाडि रहे। धेरै कमाउने दश कम्पनीमा वाणिज्य बैंकहरुमा स्टाण्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंक मात्र परेका छन्
सुभेच्छा विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ४.३२१ प्रतिशतले घटेको छ। यस्तै युनाइटेड इन्स्योरेन्स तथा मनासलु विकास बैंकका लगानीकर्ता पनि गुमाउनेमा अगाडि रहे। धेरै गुमाउने दश कम्पनीको सूचीमा कुनैपनि वाणिज्य बैंक देखिएनन् ।
पूँजी बजारमा सोमबार मात्रै थपियो ३९ लाख कित्ता शेयर
लगातार नयाँ रेकर्ड बनाइरहेको नेप्सेमा कहिले लाग्ला ब्रेक ? प्राविधिक विश्लेषणमा यस्तो छ नेप्सेको गति
पूँजी बजारमा रेकर्ड माथि रेकर्ड, हकप्रद र एफपीओले झन् उचाल्योे
...................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
.................................................................................................................................................................