यो साता नेप्सेले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेसंगै लगानीकर्ताका बीचमा पनि कुन समुहका कस्ता कम्पनीको शेयर मुल्य घट्ला वा बढ्ला भन्ने चासो बढेर गएको छ । गत साताको उछालमा बीमा समुहले पनि महत्वपुर्ण योगदान पुर्याएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको बित्तीय विवरण सार्वजनिक भएसंगै केही कम्पनीमा आएको तिब्र सुधारले पनि बजारमा उछाल आउँदा नेप्सेले रेकर्ड माथि रेकर्ड बनाउँदै गएको हो । यसलाई डिम्याट शेयर कारोबार अनिवार्य गराउनुले पनि उत्तिकै सहयोग गरेको छ ।
प्राविधिक विश्लेषणका विभिन्न उपकरणहरुमा चार्ट प्याट्रनका विभिन्न प्याट्रन मध्ये इन्भर्टेड हेड एण्ड सोल्जर प्याट्रन -जीवन श्रेष्ठ पनि एक हो ।
यसका आधारमा चित्र विश्लेषण गर्दा आगामी दिनमा नेप्से १२ सय ७५ अंकबाट माथि तिर गएको खण्डमा १३ सय २० अंकसम्म निरन्तर उकालो चढ्ने देखिन्छ । यस अघि यो उपकरणका आधारमा नेप्से १२ सय अंकबाट उकालो नलाग्दै यो प्याट्रनले पुर्णता पाउनु पर्नेमा बजारको निरन्तरको उछालले अहिले त्यो टार्गेट बढेर १२ सय ५० मा पुगेको थियो । अहिले त्यो टार्गेट कटेर नेप्से १२ सय ७३ अंकमा रहेका बेला यो उपकरणले नेप्से १३ सय २० अंकमा उक्लिने देखाएको हो ।
चित्रमा यसलाई नेप्सेको इण्डेक्समा बनेको हरीयो धर्साको त्रिकोणात्मक आकारमा देखिएको कालो धर्साले जनाउँदछ । चित्रमा कालो मोटो धर्काले नेप्सेकोे गति बुलिस ट्रेण्डतिर गइरहेको जनाउँछ । जस अनुसार यो प्रवृत्ति कायम रहेमा भने यो साता नै नेप्से इण्डेक्स १३ सय २० अंकसम्म पुग्ने देखिन्छ । यसलाई अहिले बैंकहरुको व्याजदरमा आएको गिरावटका कारण लगानीकर्ताले नगदलाई शेयरबजारमा हाल्ने अवस्था देखिनुले पनि केही हदसम्म मद्धत पुर्याउने छ ।

बजारमा नयाँ खबर नआएको खण्डमा सुचिकृत कम्पनीको शेयर कारोबार प्रभावित बन्यो भने नेप्से इन्डेक्स तलतिर झरेर १२ सय ५० भन्दा तल पुग्ने देखिन्छ । प्राविधिक सुचांकको रिलेटिभ स्ट्रेन्थ इन्डेक्स अर्थात आरएसआईलाई हेर्दा नेप्सेको अहिलेको उचाई ओभर बाउट जोन अर्थात कारोबार चाप अधिक भएको अवस्थामा पुगेको देखाउँछ ।
चित्रको मध्य भागमा रहेको आरएसआई इण्डेक्स हेर्दा कारोबार चापमा देखिएको उत्कर्षले नेप्से करेक्सनको बाटोमा ओरालो लाग्न थालेको देखिन्छ । यसलाई चित्रको मध्य भागमा रहेको आरएसआई क्षेत्रको रातो धर्साले जनाउँदछ ।
आरएसआई इण्डेक्स ओरालो लाग्दा नेप्से उकालो लाग्नुलाई यो विश्लेषणले नेगेटिभ डाइर्भजन्सलाई जनाउँछ । यसको तात्पर्य आगामी साता नेप्सेले करेक्सनको बाटो समात्ने देखिन्छ ।
(जीवन श्रेष्ठ विगत ६ वर्षदेखि नेपाली शेयर बजारको प्राविधिक विश्लेषण गर्दै आउनु भएको छ । प्राविधिक विश्लेषण सम्बन्धमा श्रेष्ठले विभिन्न इन्स्टिच्यूटहरुमा अध्यापन समेत गराउँदै आउनु भएको छ ।)
पुराना सामग्री
नेप्सेमा मिड रेञ्जमा रहेका कमर्शियल बैंक अब कुन बाटोमा ?
मौद्रिक नीतिले चम्किएको बैकिङ समुहको शेयर मूल्य अब कता जाला ?
...................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
.................................................................................................................................................................
कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?