मेरो माईक्रोफाईनान्सको ६ लाख कित्ता साधारण शेयर निश्काशन २७ गतेदेखि, धितोपत्र बोर्डको नयाँ निर्देशनको कस्तो पर्ला प्रभाव ?

Mar 09, 2016 Mero Lagani



ग्लोबल आईएमई, सिटिजन्स बैंक ईन्टरनेशनल, जनता बैंक, सिद्धार्थ बैंकसहित १० वटा बैंकहरुको लगानी रहेको र नुवाकोटमा मुख्य कार्यालय रहेको मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ६ लाख १२ हजार कित्ता साधारण शेयर यही फागुन २७ गतेदेखि निष्काशन गर्दैछ । माइक्रोफाइनान्स कम्पनीहरुको शेयर मुल्य आकासिएको बेलामा यो फाइनान्सको शेयरमा कति आबेदन पर्ला ? भन्ने चासो एकाएक बढेर गएको छ । 

त्यसमाथि नेपाल धितोपत्र बोर्डले बहु आबेदकको रकम एउट चेकबाट भुक्तानी गरी आबेदन गर्न रोक लगाएको नयाँ ब्यवस्था यही कम्पनीको साधारण शेयरमा लागु हुने भएको छ । यसले आबेदकको संख्यामा केही कटौती हुने संभावना रहे पनि मुख्य बाणिज्य बैंकहरुकै लगानी रहेको माईक्रो फाईनान्स भएकाले लगानी सुरक्षाको जोखिम निकै कम रहेको देखाउँछ । 

 मेरो माइक्रो फाइनान्सको पहिलो र दोस्रो त्रैमासको विवरण हेर्ने हो भने फाइनान्सको प्रगति उल्लेख्य नै रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको माइक्रोफाइनान्सले सोही अवधिसम्ममा १३ करोड ६२ लाख रुपैया निक्षेप संकलन गरी १ अर्व २६ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

फाइनान्सको चुक्ता पूँजी १३ करो करोड ८८ लाख रुपैयाँ रहेकोमा २० करोड रुपैंया चुक्ता पूँजी बनाउनका लागि साधारण शेयर निष्काशन गर्न लागेको हो । जगेडा कोषमा ५ करोड ८३ लाख रुपैयाँ रहेको माइक्रोफाइनान्सको चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा खराबकर्जा अनुपात ० दशमलब ९२ प्रतिशत रहेको थियो ।

 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा फाइनान्सले २ करोड ९७ लाख रुपैया खुद नाफा गरेको थियो । उसको यो कमाइलाई गत आर्थिक वर्षको सोही अवधिको कमाइसंग तुलना गर्ने हो भने झण्डै दोब्बर मात्रामा खुद नाफा बढेको हो । गतवर्षको पुस मसान्तसम्ममा १ करोड ५६ लाख रुपैंया खुद नाफा गरेको माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आफ्नो खुद नाफा २ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ । यो वृद्धि गत आर्थिक बर्षको भन्दा झण्डै ९० प्रतिशत बढि हो ।

जगेडा कोषमा पनि ७ करोड २२ लाख रुपैयाँ सञ्चित गरेको फाइनान्सले १७ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्व २३ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यस अवधिमा बैंकको खराब कर्जा अनुपात पनि ० दशमलब ७७ प्रतिशत कायम भएको छ ।


फाइनान्सको प्रगति हेर्ने हो भने आइपिओ फाइनान्सको साधारण खरिद गर्नु राम्रो नै देखिन्छ । तर दोस्रो बजारमा अहिलेका माइक्रो फाइनान्सको शेयरमुल्य जति छ त्यति नै यो कम्पनीको पनि शेयर मुल्य कायम हुन्छ भनेर आइपिओमा आवेदन दिनु उचित हुँदैन । किनभने अहिले कतिपय माइक्रोफाइनान्स कम्पनीहरुको शेयर मुल्य बिना कुनै आधार उछालिएका हुन् । किताबी मुल्यको भन्दा धेरै गुणा माथिसम्म शेयरमुल्य आकाशिनु राम्रो कुरा हैन ।

 धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावलीले ५० हजार रुपैंयाभन्दा थोरै रकमको आवेदन दिनेलाई साना लगानीकर्ता हुने र उनीहरुलाई ६० प्रतिशत शेयर बाँडफाँड गर्नुपर्ने व्यवस्था गरेको छ । यस अर्थमा माइक्रोफाइनान्सको साधारण शेयरका लागि ५० हजार रुपैंयाका आवेदकले सबैभन्दा धेरै शेयर पाउने पक्का छ ।

तर ६ करोड रुपैंयाको शेयरका लागि  १० अर्ब रुपैंयाको आवेदन पर्ने हो भने शेयर बाँडफाँड कसरी हुन्छ ? यो प्रश्न निकै बिचारणीय छ  । लगानी गर्ने अवसर नपाएर पैसा हातमा लिएर बसेका लगानीकर्ता पनि यस पटक शेयर बजारमा पसेका छन् । यस अर्थमा विगतमा माइक्रो फाइनान्सको शेयरमा परेको ४० गुणा बढीको आवेदनलाई यसले तोड्ने पक्का छ ।

तर निजी फर्म, साझेदारी फर्म, सहकारी, गैर सरकारी संस्थालाई कुनै पनि संगठित संस्थाको शेयरमा लगानी गर्न नपाउने व्यवस्थामा गर्न लागिएको कडाईले भने आइपिओमा पर्ने आवेदनलाई केही हदसम्म कम गराउने देखिन्छ । त्यसै गरि राष्ट्र बैंकको मार्जिन ल्याण्डििंग व्यवस्था विपरित ऋणबाट शेयरमा लगानी गर्न नपाउने व्यवस्थाको कडाईले पनि वास्तविक साना लगानीकर्तालाई केही सजिलो बनाउने देखिन्छ ।

किन सर्यो मेरो माइक्रोफाइनान्सको आइपिओ ? 

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?




२२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेपछि सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

Jul 21, 2025 02:08 PM

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । पीडितले प्रहरीलाई फोन गरेपछि उनलाई पक्राउ गरिएकाे हाे ।