शेयर निष्काशनका दौरान धेरै आवेदनमा एउटै चेक प्रयोग गर्नेको आवेदन रद्ध हुने पक्का, धितोपत्र बोर्डको निर्देशनमा अरु के छ ?

Mar 03, 2016 Mero Lagani



- इन्भेष्टमेण्ट बैंकको एफपिओमा बहुसंख्यक आवेदनमा एउटा चेक प्रयोग गर्नेको आवेदन पनि रद्ध हुने

शेयर निष्काशनका दौरान अनाधिकृत गतिविधि धेरै हुन थालेको र बजारमा झोले प्रवृत्ति बढेको भन्दै धितोपत्र बोर्डले नयाँ निर्देशन जारी गरेको छ । मर्चेण्ट बैंकहरुको नाममा जारी भएको निर्देशन अनुसार बहुसंख्यक आवेदन फारमका लागि एउटा चेक प्रयोग गर्न पाइने छैन । यति मात्र नभई अर्काको चेकबाट पनि शेयरका लागि आवेदन दिन नपाइने भएको छ ।

बोर्डले जारी गरेको निर्देशन अनुसार आवेदकले आफ्नै खाताको एकाउण्टपेयी चेकबाट मात्र शेयर आवेदन दिन पाउने छन् । बोर्डले झाले प्रवृत्ति नियन्त्रणका लागि भन्दै लामो समयदेखि कसरी बजार सुधार गर्ने भन्ने सम्बन्धमा सरोकारवालाहरुसंग छलफल चलाएको थियो ।

मेरोलगानीसंग कुरा गर्दै बोर्डका प्रवक्ता निरज गिरीले भने ‘हामीले अहिले निष्काशन प्रकृयामा रहका तथा बाँडफाँड नभएका सबै निष्काशित शेयरको हकमा लागू हुने गरि मर्चेण्ट बैंकहरुलाई यस्तो निर्देशन दिएका हौं । निर्देशनले बजार सुधारका लागि महत्वपुर्ण योगदान पुर्याउने विश्वास बोर्डले लिएको छ ।’

बोर्डले जारी गरेको निर्देशनमा कुनै पनि शेयर निष्काशन प्रकृयामा बहुसंख्यक फारममा एउटा चेक प्रयोग गर्न नपाउने उल्टै आवेदकको आफ्नै खाताको एकाउण्टपेयी चेक प्रयोग गर्नु पर्ने व्यवस्था इन्भेष्टमेण्ट बैंकको नयाँ शेयर निष्काशनमा पनि लागू हुने गिरीले बताए ।

‘हामीले प्रकृयामा रहेका सबै कामलाई समेट्ने गरि यो निर्देशन पालना गर्नु भनेर निर्देशन दिनुको तात्पर्यले इन्भेष्टमेण्ट बैंकको नयाँ शेयरलाई पनि समेट्छ’ उनले भने ।

बोर्डले जारी गरेको ५ बुँदे निर्देशनमा शेयर नपरेको रकम खातावालाको खातामा अनिवार्य रुपमा जम्मा गराउनु पर्ने उल्लेख छ । यसले अहिले शेयर नपरे पछि रकम फिर्ताको चेक लिन लाइनमा बस्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।

त्यसै गरि शेयर निष्काशनका दौरान प्रत्येक दिन परेको आवेदनको वास्तविक तथ्यांकको प्रारम्भिक विबरण सोही दिन धितोपत्र बोर्डमा अनिवार्य रुपमा बुझाउन पनि बोर्डले निर्देशन दिएको छ ।

यसका साथै बोर्डबाट स्वीकत भएका विबरणपत्र, हकप्रद निष्काशन सम्बन्धि जानकारी, विबरण पुस्तिका, बिक्रि प्रस्ताव लगायतका महत्वपुर्ण जानकारी धितोपत्र बोर्डको वेबसाइटमा राख्ने गरि उपलब्ध गराउन तथा त्यस लगत्तै आफ्नो वेबसाइटमा राख्न पनि बोर्डले मर्चेण्ट बैंकहरुलाई निर्देशन दिएको छ ।

बोर्डले जारी गरेको निर्देशनको पुर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

'आइपिओमा देखिएको झोले प्रवृत्तिलाई नियन्त्रण गर्छौ' : डा. रेवतबहादुर कार्की

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

................................................................................................................................................................ 

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।