वाणिज्य बैंकहरुमा लगानीकर्ता ओइरीएपछि बजारमा रकेर्ड माथी रेकर्ड, यसकारण बढ्यो सिटिजन्सको शेयरमुल्य र कारोबार

Apr 19, 2016 Mero Lagani



नयाँ बर्षको पहिलो दिनकै कारोबारबाट नयाँ उचाई लिएको शेयरबजारमा रेकर्डको क्रम जारी रहेको छ । वाणिज्य बैंकहरुमा लगानीकर्ताहरुको आर्कषण बढेपछि मंगलबार नेप्से थप उचाईमा पुगेको छ । कारोबारमा आएका अधिकाश समुहको सूचक घटेपनि बजार उकालो  लागेको छ भने  समग्र कारोबारमा केहि गिरावट देखिएको छ । वाणिज्य बैंक केन्द्रित मंगलबारको कारोबारमा सिटिजन्स बैंकको शेयरमुल्य बढेर सर्वाधिक कारोबार भएको छ ।

मंगलबार नेप्से २.२१ अंकले बढेर हालसम्मकै उच्च विन्दु १४३०.८१ अंकमा पुगेको छ । यसदिन बजारमा १३३ कम्पनीको ८२ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

होटल, अन्य र वाणिज्य बैंक समुहले उचालेको बजारमा वाणिज्य बैंक समुहको मात्रै ४५ करोड बढीको शेयर किनबेच भएको छ । तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको आर्कषक नाफासहितको विवरण प्रकाशीत हुने आशामा पनि लगानीकर्ता वाणिज्य बैंकतर्फ मोडिएका छन् ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ७२ करोड खुद मुनाफा गरेको विवरण सार्वजनिक गरेको सिटिजन्स बैंकको मंगलबार शेयरमुल्य बढेर सर्वाधिक कारोबार भएको छ ।

 

सिटिजन्सको ८ करोड १८ लाख रुपैयाँ बराबरको १ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यो बैंकको शेयरमूल्य समेत ४.१७ प्रतिशत अर्थात प्रतिकित्ता ३१ रुपैयाँले बढेर ७७५ रुपैयाँ पुगेको छ ।

आजै दशौ बर्षमा प्रवेश गरेको बैंकले वैशाख महिनाभित्रै ५५ प्रतिशत हकप्रद शेयर जारी गर्ने उदघोष गरेकाले पनि बैंकको कारोबार उच्च भएको हो ।

यसपछि सबैभन्दा धेरै नेपाल बंगलादेश बैंक र नबील बैंकको कारोबार भएको छ । यी दुवै बैंकको चार करोड बढीको कारोबार भएको छ । इन्भेष्टमेन्ट बैंकको पनि संस्थापक र साधारणगरि चार करोड बढीको कारोबार भएको छ ।

यसैगरि सानिमा, एभरेष्ट, एन्आईशी एशिया बैंकले ३ करोड बढीको कारोबार गर्दा स्ट्याण्र्डड चार्टडले २ करोड बढीको कारोबार गरेको छ । यसदिन नेशनल हाइड्रो पनि ३ करोड बढीको शेयर किनबेच भएको छ ।

बढेको बजारमा सप्तकोषी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो बैंकको शेयरमुल्य झण्डै दश प्रतिशतको हाराहारीमा बढेको छ ।यसैगरि सेवा विकास बैंक, ओरिन्टयल होटल, नेशनल हाइड्रो, महिला सहयात्रा, सिटिजन्स बैंक लगायतका कम्पनी धेरै कमाउनेमा परेका छन् ।

मंगलबारको कारोबारमा वरुण हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यसैगरि लुम्बिनी फाइनान्स, आईसीएफसी फाइनान्स, स्वोरजगार लघुवित्त तथा जेबिल्स फाइनान्स लगायतका कम्पनीको शेयर मुल्य धेरै घटेको छ ।

 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।