शेयर बजारमा बुर्कुसी मारेर मूल्य बढ्ने जलबिद्युत कम्पनीहरुको अबस्था कस्तो छ ? ( बिबरणसहित)

May 31, 2016 Merolagani

तिलक कोइराला

नेपाल स्टक एक्सचेन्जमा मंगलबार जलबिद्युत कम्पनीहरुको सर्वाधिक कारोबार हुनुका साथै शेयर मूल्य समेत आकाशिदा लगानीकर्ता बिमा र बैंक छाडेर यता लागेको संकेत देखिएको छ । जलबिद्युत क्षेत्रलाई सरकारले उच्च महत्व दिदै नयाँ बजेट ल्याएकोले त्यसको समेत असर शेयर बजारमा परेको देखिएको छ तर मूल्य बढ्ने सबै कम्पनीको बित्तीय अबस्था राम्रो छ भन्न सकिन्न ।

  

                      मंगलबार मूल्य बढेका कम्पनीहरुको शेयर मूल्य र बढाई प्रतिशत

 

कम्पनीहरु आफैले प्रकाशित गरेका आफ्नो बित्तीय अबस्था 

 

यतिसम्म चाँही भन्नैपर्छ मंगलबार १० प्रतिशतले शेयर मुल्य बढेको बरुण हाईड्रोले त कम्पनीको अबस्था नै छिन्न भिन्न भएपछि तेस्रो त्रैमासको बित्तीय बिबरण नै प्रकाशित गर्न सकेको छैन । 

अब मंगलबार मूल्य बढेका जलबिद्युत कम्पनीहरुको कारोबार र मूल्य बढाईको मात्रा हेर्नुहोस् र माथिको बिबरणसँग दाज्नुहोस् । कसको मूल्य बुर्कुसी मारेर बढ्नु पर्ने रहेछ थाहा पाउनुहुनेछ । अनि तपाइँ कतै हकप्रदको हल्लामा मात्रै कुद्नु भएको छ कि बिचार गर्नुहोस् । 

मूल्य बुकुर्सी मारेर बढ्दा पनि शेयर किन्नै पर्ने कम्पनीहरु पनि छन् र मूल्य नबढ्दा पनि शेयर किन्न नहुने कम्पनीहरु यिनै मध्येमा पर्छन । त्यो कुन हो, आफै छुट्याउनुहोस् । 

यसमा सम्बन्धित कम्पनीले के कस्ता आयोजना संचालन गरिरहेका छन्, उनीहरुको हालत के छ र कतिवटा आयोजनाहरु कुन रुपमा निर्माण गर्दैछन् भन्ने बिबरण समाबेश गरिएको छैन । यससम्बन्धी समाचार मेरोलागनी डटकमले सर्वसाधारण लगानीकर्ताको जानकारीका लागि क्रमशः प्रकाशित गर्दै जानेछ ।

 

बजारमा जलविद्युत कम्पनीहरुको दबदबा,किन बढ्यो शेयरमूल्य यति धेरै ?

 

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।