बजारमा जलविद्युत कम्पनीहरुको दबदबा,किन बढ्यो शेयरमूल्य यति धेरै ?

May 31, 2016 Mero Lagani

जलविद्युत समुह जागेपछि मंगलबार नेप्से पाँच अंक बढीले उकालो लागेको छ भने कारोबार रकममा समेत बढोत्तरी आएको छ । अघिल्ला कारोबारमा चम्किएका वाणिज्य बैंक तथा बीमा समुह ओरालो लागेपनि जलविद्युत समुहमा आएको उच्च सुधारले बजार उकालो लागेको हो । मंगलबारको कारोबारमा उच्च कारोबार गर्ने तथा धेरै कमाउने कम्पनीहरुको अग्रपक्तिमा पनि जलविद्युत समुहकै दबदबा देखिएको छ ।

मंगलबार नेप्से ५.१६ अंकले बढेर १५३२.१२ विन्दुमा पुगेको छ । १३६ कम्पनीको कारोबार भएको बजारमा एक अर्ब ३२ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा वाणिज्य बैंक, बीमा र वित्त समुह नकरात्मक रहेपनि जलविद्युतमा आएको उच्च वृद्धि र वाणिज्य बैंक, बीमा र वित्त बाहेकका अन्य समुह सकारात्मक रहेपछि बजार घट्न पाएन ।

 

 

सरकारी लगानीका जलविद्युत आयोजनामा जनसहभागिता बढाउने सरकारले बजेटमार्फत घोषणा गरेपछि लगानीकर्ताहरु त्यसतर्फ ओइरिएका छन् । बजेट पश्चात शेयरबजारमा जलविद्युत समुहमा आएको निरन्तरको वृद्धिले लगानीकर्ताको विश्वास  बढाएको देखिएको छ । बजेटले जलविद्युलाई प्राथमिकतामा राखेकाले पनि यसप्रति आर्कषण बढेको देखिन्छ । कतिपय कम्पनीको भने हकप्रदको चर्चाले भने बजार भाउ उकासीएको विश्लेषण गरिएको छ ।

शेयर बजारमा बुर्कुसी मारेर मूल्य बढ्ने जलबिद्युत कम्पनीहरुको अबस्था कस्तो छ ? ( बिबरणसहित)

 

२२७ अंकले बढेको जलविद्युत समुहको मात्रै ३६ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसदिन उच्च कारोबार गर्ने र धेरै कमाउनेको सूचीमा पनि जलविद्युतकै दबदबा देखिएको छ । तीन कम्पनीको शेयरमूल्य नै दश प्रतिशतले बढेको छ ।

बजारमा चिलिमे हाइड्रको सबैभन्दा वढि १४ करोड ४२ लाख रुपैयाँको किनबेच भएको छ । यसपछि उच्च कारोबार गर्ने नेशनल हाइड्रको ८ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । सिटजन्सले ८ करोड ७५ लाखको कारोबार गर्दा सानिमाको ७ करोड ७२ लाखको शेयर कनिबेच भएको छ । बुटवल पावर कम्पनीको पनि ५ करोड ७७ लाखको कारोबार भएको छ । उच्च करोबार गर्ने दश कम्पनीको अग्रस्थानमा जलविद्युत समुह अगाडि देखिएको छ ।

 

यस दिनको बजारमा रिडी हाइड्रो, अरुण भ्याली हाइड्रो र वरुण हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी तीनै कम्पनीको शेयरमूल्य दश प्रतिशतले बढेको छ ।त्यस्तै अपि, सानिमा हाइड्रो, चिलिमे र नेशनल हाइड्रो कम्पनी पनि धेरै कमाउने कम्पनीको दश सूचीमा परेका छन् । धेरै कमाउने दश कम्पनीमध्ये सात कम्पनी जलविद्युत समुहकै देखिएका छन् ।

 

मंगलबारको बजारमा लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन. ।

 

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।