कारोबार समय बढाउने नेप्सेको तयारी, सरोकारवालसँग माग्यो सुझाब

Jul 03, 2016 merolagani



नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कारोबारको समयअवधि बढाउने गृहकार्य थालेको छ । नेप्सेले आइतबार प्रेस विज्ञप्ती जारी गर्दे सात दिन भित्र उपयुक्त समय सिफारीश गर्न सरोकारवालालाई आग्रह गरेको छ । नेप्सेले लगानीकर्ताको आग्रहमा दश बर्ष अघिदेखि हुँदै आएको कारोबार समयलाई परिमार्जन गर्न लागेको हो ।



झण्डै एक दशक अघिदेखि नेप्सेमा अपरान्ह १२ बजेदेखि ३ बजेसम्म सार्वजनिक विदाका दिनमा बाहेक हप्तामा पाँच दिन कारोबार हुदै आएको छ । प्रविधिको विकासँगै बजारको पहुँच हुदै गएको र नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्ने क्रम जारी रहेकाले हालको कारोबार समय बढाउन लगानीकर्ताबाट माग आएको नेप्सेले जनाएको छ ।

 

शेयर कारोबार समय बढाउने गृहकार्यमा छौः सिताराम थपलिया, महाप्रबन्धक, नेप्से

 

हालको समय प्रयाप्त हो र होईन ? कारोबार समय बढाउनु परे कति सम्म बढाउने ? कारोबार समय बढाउँदाका सकारात्मक र नकारात्मक प्रभावहरु के के हुन सक्छन ? भन्ने बिषयमा अध्ययन थालेको पनि नेप्सेले बताएको छ ।
कारोबार समय सम्बन्धी नेप्सेको थालेको अध्ययनमा सरोकारवाला सबैको राय सुझाब समेट्ने भन्दै नेप्सेले सरोकारवालालाई सात दिन भित्र आफ्नो राय सुझाब उपलब्ध गराउन भनेको छ ।

 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।