बिक्री चापले नेप्से घट्यो,कारोबार रकममा सामान्य सुधार

Sep 20, 2017 merolagani

चाडवाड नजिकिँदै गर्दा सेयर बजारमा लगानीकर्ताले बिक्री चाप बढाउँदा बुधबार पनि नेप्से ओरालो लागेको छ । बुधबारको सेयरबजार ३.८९ अंकले ओरालो लागेर १५३९.८१ बिन्दुमा बन्द भएको छ । नेप्से परिसूचक झरेपनि कारोबार रकममा भने सोमबारको तुलनामा ७ करोड रुपैयाँको सुधार आएको छ ।

बुधबार १५८ कम्पनीको १० लाख १७ हजार ५५८ कित्ता सेयर ५४ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ । सोमबार ४६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । लगानीकर्ताले दशैं खर्चका लागि रकम जोहो गर्दा कारोबार रकम बढेपनि परिसूचक भने घटेको हो ।

गत साताको विहीबार र आइतबार बढेको बजार सोमबार ४.४२ अंकले घटेर १५४३.७० अंकमा बन्द भएको थियो ।

बुधबार बजार खुल्दा केही बढ्न थालेको बजारमा एक घण्टा ३० मिनेटमा १३.३१ अंकको गिरावट आयो । विस्तारै बजारले लय समात्न खोजेपनि अन्त्यमा १५३९.८१ बिन्दुमा बजार बन्द भएको हो ।

कारोबारमा आएका व्यापार र अन्य समूह बाहेकका सबै सूचक घटेपछि बजार ओरालो लागेको हो । यसदिन व्यापार समूह २२.८ अंक, अन्य समूह ६.३६ अंक र फाइनान्स समूह १.१५ अंकले बढेकाे छ । सबैभन्दा धेरै बीमा समूह २१.१२ अंकले ओरालो लागेको छ । होटल ७.४९ अंकले घटेको छ भने अन्य बाँकी समूहहरु पाँच अंक हाराहारीमा झरेका छन् ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर सबैभन्दा धेरै ११ करोड रुपैयाँ बराबरको कारोबार भयो । बोनस सेयर सूरक्षित गर्ने अन्तिम दिन रहेको सानिमा बैंकको १० लाख कित्ता बढीको सेयर ४ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ । एभरेष्ट बैंक, इन्भेष्टमेन्ट बैंक, विशाल बजार कम्पनी, नेपाल लाईफको साधारण सेयर, स्वरोजगार लघुवित्त, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक र प्राईम कर्मर्सियल बैंक उत्कृष्ट कारोबार हुने १० कम्पनीमा समेटिएका छन् ।

यस दिन पनि विशाल बजार कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ । कम्पनीको सेयर सोमबार पनि १० प्रतिशतकै हाराहारीमा बढेको थियो । बुधबार  २५ प्रतिशत लाभांश घोषणा गरेका पूर्णिमा विकास बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि पाँच प्रतिशत बढीले उकालो लागेको छ । सिर्नजी पावरको सेयरधनीले पनि पाँच प्रतिशतका दरले कमाएका छन् ।

कुबेर मर्चेन्ट फाइनान्सकोृ सेयर मूल्यमा सबैभन्दा बढी ८.८१ प्रतिशतको गिरावट आएको छ । स्वरोजगार लघुवित्तको सेयरमूलय झण्डै पाँच प्रतिशतले घट्दा ग्रिन डेभलपमेन्ट, कञ्चन डेभलपमेन्ट बैंक, आरएसडिसी लघुवित्त र मिसन डेभलपमेन्ट बैंकको सेयरमूल्य तीन प्रतिशत बढीले घटेका छन् । बुधबार समग्र सेयर बजारको पूँजीकरण १७ खर्ब ८६ अर्ब रुपैयाँमा झरेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।