तीन दिनमा एक अर्ब ७९ करोडको सेयर कारोबार

Sep 23, 2017 merolagani

यस साता नेपाल स्टक एक्सचेञ्जमा एक अर्ब ७९ करोड ५५ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । १६९ कम्पनीहरुको १८ हजार १५२ कारोबारबाट ६७ लाख १५ हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका हुन् ।

सातामा तीन दिनमात्र बजार खुला भएपछि कारोबार रकममा गत साताको भन्दा ५०.३४ प्रतिशत कमी आएको छ । गत साता १७७ कम्पनीहरुको ६८ लाख चार हजार एक सय ६० कित्ता सेयरहरु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार रुपैयाँमा खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८.१३ अंकले घटेर अन्तिम दिन १५३९.८१ अंकमा पुगेको छ । सबैभन्दा बढी कारोबार हुने ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.५३ अंकले घटेर ३२३.११ अंकमा आईपुगेको छ । सातामा सबैभन्दा बढी बीमा समूह एक सय दशमलव ७२ अंकले झरेको छ भने व्यापार समूह ४३ दशमलव ५ अंकले बढेको छ । होटल समूह २७ दशमलव ५४ अंकले घटेको छ । बाणिज्य बैंक ८.२४ अंक, विकास बैंक ८.४६ अंकले ओरालो लाग्दा जलविद्युत्त समूह १०.८४ अंक, अन्य समूह ४.६३ अंक र उत्पादन समूह २.३३ अंकले उकालो लागेका छन् ।

नेप्सेमा यस साता मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी संस्थापक सेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको २८ करोड ९० लाख ९० हजार रुपैयाँको कारोबार भएको हो । नेपाल लाइफकै ८ करोड १३ लाख ९० हजार रुपैयाँको साधारण सेयर दोस्रो ठुलो कारोबार भएको छ । सानिमा बैंकको ७ करोड ७ लाख २० हजार, एभरेस्ट बैंकको ७ करोड एक लाख ३० हजार तथा नेपाल इन्भेस्टमेन्ट बैंकले ५ करोड ५३ लाख ८० हजार रुपैयाँको सेयर कारोबार गर्दे उत्कृष्ट कारोबार गर्ने पाँच कम्पनीभित्र अटाएका छन् ।

त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर नै अग्रस्थानमा रहेको छ । कम्पनीको दुई लाख ६२ हजार कित्ता सेयर कारोबार भयो । त्यसैगरी कारोबार संख्या (९११ वटा) को आधारमा सानिमा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।