सेयर दलाल थ्राइभ ब्रोकरेज निलम्बित

Sep 26, 2017 Merolagani

नेपाल स्टक एक्सचेञ्जले सेयर दालाल नम्बर १३ को थ्राइभ ब्रोकरेजलाई तीन कार्य दिनका लागि सेयर कारोबारमा बन्देज लगाएको छ । नेप्सेले समयमा राफसाफ नगरेको भन्दै थ्राइभलाई तीन दिनका लागि निलम्बन गरेको हो ।

समयमा सेयर किनबेच गरेको रकम तीन कार्य दिनमा भुक्तान नगर्ने दलाललाई यसरी निलम्बन गर्ने गरिन्छ ।नक्सालमा कार्यालय रहेको सेयर दलालबाट सेयर कारोबार गरिरहेका लगानीकर्ता अबको तीन दिनसम्म सो ब्रोकरबाट सेयर कारोबार गर्न  पाउने छैनन् । 

यस अघि राफसाफ नगराउने दलाललाई सात कार्य दिनका लागि निलम्बन गर्ने गरिएकोमा केही समय अघि देखि तीन दिनका लागि मात्र निलम्बन गर्न थालिएको हो ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।