हिमालयन बैंकका नाममा उच्च अदालतको अन्तरिम आदेश (आदेश सहित)

Nov 17, 2017 Merolagani

सञ्चालक समितिमा म्युचुअल ट्रेडिगं कम्पनीको प्रतिनिधित्व नगराउनुको कारण खुलाउन हिमालयन बैंक सञ्चालक समितिलाई अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्दै  म्युचुअल ट्रेडिगं कम्पनीको माग अनुसार आदेश किन जारी नगर्ने ? भन्ने प्रमाण पेश गर्न भनेको छ ।

पाटन उच्च अदालतका न्यायाधीस शेखरप्रसाद पौडेलको एकल इजलासले शुक्रबार म्युचुअल ट्रेडिगं कम्पनीको निवेदन उपर यस्तो आदेश जारी गरेको हो ।

अदालतले बैंक सञ्चालक समितिलाई १५ दिन भित्रमा म्युचुअल ट्रेडिगं कम्पनीलाई बैंक सञ्चालक समितिमा प्रतिनिधित्व नगराउनु पर्ने प्रष्ट आधार अदालतमा पेश गर्न भनेको हो ।

बैंकले म्युचुअल ट्रेडिगं कम्पनीको हकमा कुनै किसिमको असर पर्ने निर्णय नगर्न पनि बैंक सञ्चालक समितिलाई आदेश दिएको छ । अदालतले बैंक सञ्चालक समितिमा देखिएको विवादका सम्बन्धमा मंसिर ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

बैंकमा चौथो ठुलो लगानीकर्ता रहेको म्युचुअल ट्रेडिगं कम्पनी बैंकमा आफ्नो प्रतिनिधित्व नभएको भन्दै कम्पनी रजिष्ट्रार हुँदै अदालतको शरणमा पुगेको थियो ।

 

 

थप जानकारीका लागि यो सामग्री हेर्नुहोस् ।

...हिमालयन बैंकमा चुलियो विवाद, कुर्सी तानातानलाई नियामकले कसरी मिलाउलान् ?...

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।