हिमालयन बैंकको विवादमा आयो मोड, अदालतमा के भयो ?

Nov 30, 2017 Merolagani

हिमालन बैंकमा उत्पन्न विवाद समाधान भएको छ । उच्च अदालत पटनमा पक्ष र विपक्षसँगको छलफल पछि अदालतले साधारण सभाको बाटो खुला गरेको हो । उच्च अदालत पाटनले सञ्चालक समितिमा म्युचुअल ट्रेडिगं कम्पनीको प्रतिनिधित्व गराउनु पर्ने नैतिक दायित्व रहेको ठहर गर्दै साधारण सभाको प्रकृया अघि बढाउन भनेको हो ।

यस अघि बैंकमा आफ्नो चौथो ठुलो सेयर हिस्स भए पनि सोको प्रतिनिधित्व नभएको भन्दै म्युचुअल ट्रेडिगं कम्पनी अदालतको शरणमा पुगेको थियो । मंसिर १३ गते अदालतले बैंक सञ्चालक समिति तथा म्युचुअल ट्रेडिगं कम्पनीका प्रतिनिधिलाई उपस्थित गराई छलफल गरेको थियो । छलफल पश्चात साधारण सभाको प्रकृया अघि बढिसकेको सन्दर्भमा अदालतले केही निर्णय गर्नु नपर्ने भन्दै सोही तालिका अनुसार साधारण सभा सम्पन्न गर्न अदालतले बैंकलाई निर्देशन दिएको हो । अदालतले म्युचुअल ट्रेडिगं कम्पनीलाई बैंक सञ्चालक समितिमा प्रतिनित्वि नगराउनु पर्ने कुनै कारण नदेखिएको भन्दै कम्पनीको माग साधारण सभाबाट पुरा गराउन निर्देशन दिएको हो ।

अदालतले यस अघि अन्तरिम आदेश जारी गर्दै बैंकमा म्युचुअल ट्रेडिगं कम्पनीको प्रतिनिधित्व नगराउनुको कारण खुलाउन हिमालयन बैंक सञ्चालक समितिलाई आदेश दिएको थियो । बैंक सञ्चालक समितिका नाममा अन्तरिम आदेश जारी गर्दै उच्च अदालत पाटनले म्युचुअल ट्रेडिगं कम्पनीको माग अनुसार अदालतले आदेश किन जारी नगर्ने ? भन्ने प्रमाण समेत पेश गर्न भनेको थियो ।

अदालतको पछिल्लो निर्णयले हिमालन बैंक सञ्चालक समितिमा म्युचुअल ट्रेडिगं कम्पनीका तर्फबाट प्रसाद ज्ञवाली सञ्चालक नियुक्त हुने भएका छन् । बैंकमा ११.८५ प्रतिशत सेयर स्वामित्व रहेको म्युचुुअल ट्रेडिङ कम्पनी प्रालिले आफ्नो तर्फबाट प्रसाद ज्ञवालीलाई सञ्चालकको रुपमा मनोनीत गरेको निर्णय हिमालयन बैंकलाई लिखित रुपमा २०१७ अगस्ट २० मा जानकारी गराएको थियो । उक्त निर्णयलाई अब बैंकले साधारण सभाबाट अनुमोदन गराउनेछ ।

गत मंसिर ८ गते नै अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको थियो । तर मंसिर १३ गते मात्र अदालतमा दुई पक्ष छलफलका लागि उपस्थित भएका थिए ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकले अब साधारण सभाको मिति सार्वजनिक गर्नेछ । गत आर्थिक वर्षको कमाईट लगानीकर्तालाई बितरण गर्ने लाभांस समेत प्रस्ताव बैंकले गरिसकेको छ । २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांसको प्रस्ताव पारित गर्दै बैंकले सञ्चालक समितिमा नयाँ नेतृत्व चयन गर्नेछ । हाल हिमालयन बैंकको चुक्ता पूँजी ६ अर्ब ४९ करोड १६लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनसपछि बैंकको पूँजी ८ अर्ब ११ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।