आस्बा प्रणालीलाई थप प्रभावकारी बनाउन सि-आस्बा सफ्टवेयर

Nov 21, 2017 merolagani

केन्द्रिय निक्षेप प्रणाली सिडिएस एण्ड क्लियरिङ (सिडिएससी) ले आस्बा प्रणालीलाई प्रभावकारी बनाउन सि आस्बा नामक सफ्टवेयर बनाउने भएको छ । सिडिएसले बनाएको उक्त सफ्टवेयर अनुमति प्राप्त सबै आस्बा सदस्यहरुले प्रयोग गर्नेछन् ।



सिडिएस एण्ड क्लियरिङले सार्वजनिक निष्काशन भएका धितोपत्रको खरिद आवेदन प्रक्रियालाई एकरुपता कायम गर्ने उद्देश्यले सि आस्बा नामक सफ्टवेयर निमार्ण गर्न लागेको हो ।

यसबाट बैंक खाता र हितग्राहि खाता रुजु गरी केन्द्रीकृत रुपमा प्रविष्टि गर्न मिल्ने, निष्काशन तथा बिक्री प्रबन्धकलाई दोहोरो आवेदनको स्थिति जाँचबुझ गर्न आवश्यक विवरण प्राप्त हुने तथा दोहोरो आवेदन प्रमाणित भएको खण्डमा आवेदन रद्द गर्न सकिने छ ।

धितोपत्र बोर्डले धितोपत्र सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवा कार्य सञ्चालन निर्दे्शिका, २०७४ लाई स्वीकृत गरेपछि सिडिएससीले सफ्टवेयर निमार्णको कार्य अगाडि बढाउने भएको हो ।

बैंक तथा वित्तीय संस्थाले सी–आस्बा सफ्टवेयर प्रयोग गरी ग्राहकको हितग्राही खाताको विवरणसँग बैंक खाताको विवरण रुजु गर्ने, ग्राहकलाई रजिष्ट्रेशन नम्बर प्रदान गर्ने, ग्राहकबाट प्राप्त आवेदन रुजु गर्ने तथा प्रविष्टि गर्ने, सफ्टवेयरबाट प्राप्त रिपोर्टको आधारमा ग्राहको बैंक खातामा रकम रोक्का राख्ने, डेबिट गर्ने वा फुकुवा गर्ने तथा सोको रिपोर्ट सफ्टवेयरमा प्रविष्टि गर्ने व्यवस्था रहेको छ ।

सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा खाता रहेका ग्राहकले आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्यमार्फत इन्टरनेटमार्फत आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।