गैर संचालन खर्च कटौति गर्दा रिडी हाइड्रोको नाफामा बढोत्तरी

Feb 06, 2018 merolagani

चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा रिडी हाइड्रोपावर कम्पनी (RHPC) ९० लाख ८६ हजार खुद मुनाफा कमाएको छ । जुन गतबर्षको यसै अवधिको तुलनामा करिब २६ प्रतिशत बढी हो । गतबर्ष हाइड्रोले ७२ लाख १६ हजार खुद नाफा गरेको थियो ।



यसअवधिमा रिडीले विद्युत बिक्री गरेर १ करोड ४३ लाख आम्दानी गरेको छ । जून गतबर्षको यसै अवधिको भन्दा एक लाख बढी हो । कम्पनीको प्रशासनिक, आयोजना खर्च तथा ब्याज खर्च घटेको  छ ।   संचालन खर्चमा कमी आउदा कम्पनीको नाफामा सुधार आएको हो ।

कम्पनीको चुक्ता पूँजी ४७ करोड २२ लाख रुपैयाँ छ भने उसले जगेडाकोषमा ५ करोड ३९ लाख राखेको छ । कम्पनीको चुक्ता पूँजी र जगेडाकोषमा समेत सुधार देखिएको छ ।

हालसम्म १४ करोड एक लाख रुपैयाँ लगानी गरेको कम्पनीको प्रतिसेयर आम्दानी वार्षि ७ रुपैयाँ ७० पैसा,मूल्य आम्दानी अनुपात ७६.९२ गुणा, प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ४३ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।