सानिमा माई हाइड्रोको आम्दानी घटेपछि नाफामा गिरावट

Feb 12, 2018 merolagani

सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ करोड ८६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्षको तुलनामा १४प्रतिशत कम हो । गत वर्ष यही अवधिमा सानिमाको खुद नाफा २५ करोड ४४ लाख रुपैयाँ थियो ।



विद्युत बिक्रीबाट कम्पनीको आम्दानी घटेपछि नाफा घटेको हो ।

सानिमा माईले समिक्षा अवधिमा ४५ करोड ७३ लाख ७२ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५० करोड ६३ लाख ८८ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । विद्युत बिक्रीको आम्दानी गतबर्षको भन्दा ९.६८ प्रतिशतले कम हो । 

शेयर पुँजी २ अर्ब ११ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५० करोड ८६ लाख ४ हजार रुपैयाँ जम्मा भएको छ । सानिमा माईको प्रतिसेयर आम्दानी २४ रुपैयाँ १० पैसा पुगेको छ । यसैगरी, प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।