दक्षिण कोरियाको क्युएस रेमिटबाट पठाएको पैसा हिमाल रेमिट भुक्तानी हुने

Feb 09, 2018 Merolagani

हिमालयन बैंक र एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट) बीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भई रेमिट्यान्स कारोबार शुरु भएको छ । 

दक्षिण कोरियाको दोङ्देमुन स्थित एनएनपी कोरिया कम्पनी (क्युएस रेमिट) को केन्द्रिय कार्यालयबाट नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराको उपस्थितीमा रेमिट्यान्स कारोबारको शुभारम्भ भएको हो ।

दक्षिण कोरियाको बैंक बाहेक रेमिट्यान्स कारोबार गर्न स्वीकृतिप्राप्त रेमिट्यान्स कम्पनीमध्ये एक क्युएस रेमिट मार्पmत नेपाल आउने विप्रेषण हिमालयन बैंकको ४७ वटै शाखा तथा आठ हजार पाँच सयभन्दा बढी हिमालरेमिट काउन्टरबाट सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

हिमालयन बैंक तथा एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट) बीचको यस सम्झौताबाट दक्षिण कोरियामा कार्यरत करिब ४० हजार नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने बैंकले जनाएको छ ।

हिमालरेमिट बैंकको आफ्नै अनलाइन रेमिट्यान्स सेवा हो जसको विश्वभरि ९० भन्दा बढी अन्तराष्ट्रिय व्यावसायिक साझेदारहरु रहेका छन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।