नेको इन्स्योरेन्सको खुद नाफा साढे चार करोड बढ्यो

Feb 14, 2018 Merolagani

नेको इन्स्योरेन्स कम्पनी (NIL) को खुद नाफा साढे चार करोडले बढेको छ । गत बर्ष दोस्रो त्रैमासमा ७ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बढाएर ११ करोड ६५ लाख रुपैयाँ पुर्याएको छ ।

नेकोले यस अवधिमा ४७ करोड ९८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरि १८ करोड ७१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत बर्षको तुलनामा खुद बीमाशूल्क आर्जन ९ करोड ३९ लाख र दाबी भुक्तानी ९ करोड ८३ लाख बढी हो । 

३२ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी ७८ करोड ४१ लाख रुपैयाँ पुगेपछि कम्पनीको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ २७ पैसाबाट २९ रुपैयाँ ७२ पैसामा झरेको छ । कम्पनीको बीमा कोषमा ३४ करोड २६ लाख र जगेडा कोषमा २५ करोड ९३ लाख रुपैयाँ सञ्चित रहेको छ ।

नेकोले एक लाख ३२ हजार ४५४ बीमालेखबाट ८० करोड ९८ लाख रुपैयाँ कूल बीमाशूल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले एक हजार ९७७ संख्याको ३१ करोड ८२ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ भने एक हजार १५७ संख्याको ३५ करोड ४८ लाख दाबी भुक्तानी हुन बाँकी देखिन्छ ।

कम्पनीकाे नविकरण बीमालेखको संख्या १३ हजार ५६ रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।