बोनस वितरण नगरेपछि सगरमाथाको आकर्षक बन्यो जगेडा कोष

Feb 14, 2018 Merolagani

सगरमाथा इन्स्योरेन्स कम्पनी (SIC) ले चालू आवको दोस्रो त्रैमासमा प्रगतिउन्मुख वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीकोे अधिकांश सूचाङ्कमा वृद्धि भएको छ भने गत आर्थिक बर्ष नाफाबाट बोनस विरण नगरेपछि कम्पनीको जगेडा कोष आकर्षक बनेको छ ।

कम्पनीको जगेडा कोष १३ करोड आठ लाखबाट २८ करोड ८५ लाख रुपैयाँमा बढेको छ । कम्पनीको खुद नाफा ४६ लाख बढाएर सात करोड दुई लाख रुपैयाँ पुर्याएको छ । गत वर्षको यही अवधिमा कम्पनीले ६ करोड ५६ लाख खुद नाफा कमाएको थियो ।

 

यसअवधिमा कम्पनीले ४५ करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरि १९ करोड दुई लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत बर्ष कम्पनीले ३२ करोड ३४ लाख खुद बीमा शुल्क १६ करोड आठ लाख खुद दाबी भुक्तानी गरेको थियो ।

सगरमाथाले ६३ हजार ४७२ संख्या बीमालेखबाट ८६ करोड तीन लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष ६५ करोड ६० लाख रुपैयाँ रहेको थियो ।

५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ चुक्ता पूँजी सगरमाथाले पुनर्बिमा कमिशनबाट ११ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै बीमा कोष ९ करोड ७० लाख बढेर ४८ करोड ८७ लाख पुगेको छ ।

यस अवधिमा कम्पनीले ५२ करोड ८७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ७१ करोड ५५ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी देखिन्छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ०५ पैसा तथा प्रतिसेयर नेटवर्थ २५२ रुपैयाँ ९५ पैसा छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।