उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने बैंकले जनाएको छ ।
विकास बैँकहरुमध्ये सबैभन्दा बढी २ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पूँजी भएको महालक्ष्मी विकास बैंकले फाल्गुन मसान्तसम्म २४ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकले देशभरी ७१ शाखा सञ्जाल तथा ३५ एटिएमबाट ग्राहकलाई अत्याधुनिक वित्तीय सेवा प्रदान गर्दे आईरहेको छ ।