अर्थमन्त्रीको नजरमा नेप्से सूचाङ्क अस्थिर रहनुकाे यस्ता छन् मुख्य कारण

Mar 30, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले संस्थागत लगानीकर्ताको न्यूनता र वित्त बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर तथा सेयर आपूर्तिको वृद्धिले शेयर मूल्य प्रभावित भएको बताएका छन् । 

शुक्रबार श्वेतपत्र जारी गर्दे अर्थमन्त्री खतिवडाले पूँजी बजार कारोबारमा यथार्थ सूचना सम्प्रेषण र पारदर्शिताको अभाव रहेको उल्लेख गरे । 

शेयर बजारका लगानीकर्ता र खासगरी साना लगानीकर्ताहरुमा शेयर लगानी सम्बन्धी ज्ञानको कमीले शेयर मूल्य मापन गर्ने नेप्से सूचाङ्कमा उच्च दरको उतार-चढाब आउने गरेको अर्थमन्त्री खतिवडाको भनाई छ ।

पूँजी बजारमा हाल २०८ कम्पनी सूचीकृत रहेपनि ती मध्ये ७५ प्रतिशत वित्तीय क्षेत्रका रहेका छन्। पूँजी बजारको कुल कारोबारमा वित्तीय संस्थाहरुको अंश ८१ प्रतिशत रहेको छ। त्यसै गरि जलविद्युत क्षेत्रको कारोबारको अंश ५ प्रतिशत, उद्योगको तीन प्रतिशत र होटलको दुई प्रतिशत मात्रै रहेकोले पूँजी बजारमा उत्पादन क्षेत्रका कम्पनीको उपस्थिती ज्यादै न्यून रहेको तथ्य उजागर गर्छ। अर्थमन्त्री खतिवडाले भने ।

अर्थतन्त्रका साधन परिचालन गर्न पूँजी बजार शशक्त माध्यम भए पनि यस्तो बजार हाल धितोपत्रमा मात्रै सिमित रहेको बताउँदै उनले पूँजी बजारलाई ऋण बजारको रुपमा विकास गर्नुपर्ने उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले समग्रमा पूँजी बजार मार्फत ठूलो परिणामको स्व:लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको श्वेतपत्रमा उल्लेख गरेका छन् । उनले बित्त तथा पूँजी बजारमा स्थायित्व ल्याउने नीति सरकारले लिने बताएका छन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।