हिमालय उर्जाले १० करोड रूपैयाँको आईपिओ जारी गर्न दियाे बाेर्डमा निवेदन

Apr 06, 2018 Merolagani



हिमालय उर्जा विकास कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित बासीन्दाका लागि ९ करोड ९० लाख रुपैयाँको साधारण सेयर जारी गर्ने भएको छ । निजी क्षेत्रबाट प्रर्वद्धित हिमालय ऊर्जाले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयको लागि जारी पूँजी ९९ करोडको रुपैयाँको १० प्रतिशत साधारण सेयर निष्काशन गर्न लागेको जनाएको छ ।

हिमालय उर्जाले सेयर जारी गर्नको लागि माग गर्दे धितोपत्र बोर्डमा चैत २१ गते निवेदन दर्ता गरेको हो । आईपिओ जारी गर्न कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सेयर विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

आयोजना प्रभावित बासीन्दालाई सेयर निष्काशन गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारण जनताका जारी पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने कम्पनीका प्रवन्धक प्रकाश दुलालले मेरोलगानीलाई बताए ।

एक हजार चार सय सेयरधनी संस्थापक सेयरधनी रहेको कम्पनीले संस्थापक तर्फको ७५ प्रतिशत अर्थात ७४ करोड २५ लाख रूपैयाँ चुक्त्ता गरिसकेको छ ।

हिमालय ऊर्जा विकास कम्पनीले रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती दोस्रो आयोजना २०७५ चैतसम्म सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाईरहेको छ ।

३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसमा नबिल बैंकको नेतृत्वमा एभरेष्ट, इन्भेष्टमेन्ट र नेपाल बैंकले क्रमश एक अर्ब ४३ करोड ५० लाख तथा ९२ करोड ४० लाख रूपैयाँ लगानी गर्ने सम्झौता २०७१ सालमा नै सम्पन्न भैसकेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।