गत बर्षमा सबैभन्दा बढी कुन दिन बढ्यो, कुन दिन घट्यो सेयरबजार ?

Apr 14, 2018 Merolagani

बैशाख महिनामा सेयर बजार परिसूचक नेप्सेमा ८३ अंकको उतार चढाब देखिएको छ । बैंशाख १० गते सबैभन्दा अधिकतम १६९३ अंकसम्म पुगेको छ भने ५ गते न्यूनतम १६१२ अंकसम्म झरेको थियो । अधिकतम बढेको दिनमा एक अर्ब ५३ करोडको सेयर कारोबार भएको छ भने सबैभन्दा बढी घटेको दिनमा पनि एक अर्ब ५० करोडको सेयर कारोबार भएको देखिन्छ ।

जेठ महिनामा नेप्से परिसूचकमा ७९ अंकको उतार चढाब देखिएको छ । जेठ महिनाको १ गते गते सबैभन्दा अधिकतम १६५९ अंकसम्म पुगेको छ । यस दिन ६७ करोड ५५ लाखको सेयर कारोबार भयो । जेठ २९ गते महिनाकै न्यूनतम बिन्दु १५८० अंकसम्म झरेको थियो । यस दिन ४९ करोड ८९ लाखको सेयर खरिद विक्री भए ।

असारमा नेप्से परिसूचकमा ४८ अंकको उतार चढाब देखिएको छ । असार १ गते अधिकतम १५८९ अंकसम्म नेप्से बढेको दिन ६७ करोड ३९ लाखको कारोबार भयो भने २० गते न्यूनतम १५४१ अंकसम्म झर्दा कारोबार रकम पनि घटेर ३७ करोड ६० लाखमा कारोबार भएको देखिन्छ ।

साउनमा नेप्से परिसूचकमा अंकको उतार चढाब देखिएको छ । यस महिनाको २३ गते अधिकतम १६६७ अंकसम्म पुगेको छ भने १ गते न्यूनतम १५८३ अंकसम्म झरेको थियो ।

भदौमा नेप्से परिसूचकमा ८४ अंकको उतार चढाब देखिएको छ । यस महिनाको १ गते ७५ करोड ७० लाख कारोबार हुँदै नेप्से परिसूचक अधिकतम १६२९ अंकसम्म पुगेको थियो । भदौ २८ गते बजार परिसूचक घटेर न्यूनतम १४९३ अंकसम्म झरेपनि ६३ करोड ७० लाखको कारोबार भयो ।

असोजमा नेप्से परिसूचकमा ६३ अंकको उतार चढाब देखिएको छ । यस महिनाको ३० गते अधिकतम १५६४ अंकसम्म नेप्से परिसूचक पुग्दा साढे ६१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । बजार परिसूचक घटेर १५०१ अंकसम्म झरेको दिन २३ गते ३१ करोड ६८ लाख रुपैयाँको कारोबार भएको देखिन्छ ।

कात्तिकमा नेप्से परिसूचकमा १११ अंकको उतार चढाब देखिएको छ । यस महिनाको ५ गते अधिकतम १५७१ अंकसम्म पुगेर ३६ करोड ९४ लाखको सेयर कारोबार भयो भने २३ गते न्यूनतम बिन्दु १४६० अंकसम्म झरेको दिन उच्चतम भन्दा बढी अर्थात ४६ करोड ८२ लाखको सेयर किनबेच भएको थियो ।

मंसिर महिनामा नेप्से परिसूचकमा ६८ अंकको उतार चढाब देखिएको छ । यस महिनाको १४ गते अधिकतम १५३७ अंकसम्म पुगेको थियो । यसदिन ७४ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । नेप्से महिनाकै तल्लो बिन्दु १४६९ अंकसम्म झरेको ४ गते ३९ करोड ७७ लाखको सेयर कारोबार भएको देखिन्छ ।

नेप्से परिसूचकमा पुसमा ११९ अंकको उतार चढाब देखिएको छ । यस महिनाको २ गते अधिकतम १५०९ अंकसम्म पुगेको थियो । सो दिन ५१ करोड १२ लाख तथा महिनाकै तल्लो बिन्दु १३९० अंकसम्म आईपुगेको १६ गते उच्च अंकको भन्दा बढी ५८ करोड ७८ लाखको सेयर खरिद विक्री देखिन्छ ।

माघ महिनामा नेप्से परिसूचक ३३ अंकले घटबढ भएको देखिन्छ । माघ २ गते महिनाकै अधिकतम बिन्दु १४१३ अंकसम्म पुगेको छ भने २९ गते न्यूनतम १३८० अंकसम्म झरेको थियो । २ गते ३६ करोड २३ लाख तथा २९ गते २४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको देखिन्छ ।

फागुनमा नेप्से परिसूचकमा १४७ अंकको उतार चढाब देखिएको छ । यस महिनाको ३ गते अधिकतम परिसूचक १४२४ अंकसम्म पुगेको छ भने २८ गते न्यूनतम १२७७ अंकसम्म झरेको थियो । ३ गते ६६ करोड ४० लाख तथा २८ गते ३१ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भए ।

अन्तिम महिना चैतमा १२६ अंकले परिसूचक तलमाथि भएको देखिन्छ । यस महिनाको २५ गते अधिकतम १२९४ अंकसम्म परिसूचक पुग्यो भने १२ गते न्यूनतम ११६८ अंकसम्म झरेको थियो । चैत २५ गते ९१ करोड ७७ लाख तथा १२ गते ४७ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

बर्षको अन्तिम दिन भने बजार ४.२२ अंकले बढेर नेप्से परिसूचक १२७७ दशमलव ५५ अंकमा बढेर बर्षको अन्त्य भएको छ । बर्षको अन्तिम दिन लगानीकर्ताको सम्पत्ति समग्र बजार पूँजीकरण १४ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।