माछापुच्छ्रे बैंकले टर्कीबाट रेमिट्यान्स भित्र्याउने

Apr 21, 2018 Merolagani

माछापुच्छ्रे बैंक र टर्की स्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेरहन काभीले हस्ताक्षर गरे ।

सम्झौतासँगै टर्कीबाट नेपाल रेमिट्यान्स भित्र्याउने माछापुच्छ्रे बैंक पहिलो बैंक भएको छ । यसले टर्कीमा कार्यरत करिब १२ हजार नेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन र टर्कीबाट युनिभर्सल पेमेन्ट ट्रान्सफर रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै ६२ शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

युनिभर्सल पेमेन्ट ट्रान्सफर टर्की स्थित अक्टिफ बैंकको पूर्ण स्वामित्वमा रहेको रेमिट्यान्स कम्पनी हो । जसको टर्कीमा मात्र ४ हजार ७०० भन्दा बढी ग्राहक सेवा केन्द्र छन् । बैंकको ४ वटा एक्स्टेन्सन काउन्टर लगायत १८ शाखा रहित सेवा सहित ८४ स्थानबाट बैंकिङ्ग सुबिधा तथा ८६ वटा एटीएमहरु सञ्चालनमा छन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।