सेञ्चुरी कमर्सियल बैंक र जीएमई रेमिट्बीच रेमिट्यान्स सम्झौता

May 08, 2018 Merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) र जीएमई रेमिट्बीच आइतबार रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत दिपेश प्रधान र जीएमई रेमिट्का प्रबन्ध निर्देशक दिबाकर पौडेलले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट जीएमई रेमिट्बाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ । 

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।