वाणिज्य बैंकहरुले प्रवाह गरेको ३७ अर्ब कर्जा राष्ट्र बैंकको सुक्ष्म निगरानीमा,३३ अर्ब निष्क्रिय

May 24, 2018 Merolagani

प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी कमजोर
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले प्रवाह गरेको कुल कर्जामध्ये ३७ अर्ब रुपैयाँ बराबरको कर्जालाई सुक्ष्म निगरानीमा राखेको छ । केन्द्रीय बैंकले बिहीबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै वाणिज्य बैंकहरुको खराब कर्जा बढेको उल्लेख गरेको छ ।

राष्ट्र बैंकका अनुसार चैत्र मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल २० खर्ब ३ अर्ब कर्जा परिचालन गरेका छन् । जसमध्ये राष्ट्र बैंकले कुल १९ खर्ब ७० अर्ब असल कर्जामा राखेको छ भने ३३ अर्ब रुपैयाँ निष्क्रिय कर्जा रहेको उल्लेख गरेको छ ।

कुल असल कर्जामध्ये ३७ अर्ब रुपैयाँ राष्ट्र बैंकले सुक्ष्म निगरानीमा राखिएको उल्लेख गरेको छ ।

त्यस्तै राष्ट बैंकले ३३ अर्ब निष्क्रिय कर्जामध्ये १५ अर्ब खराब, १० अर्ब कमसल, ७ अर्ब शंकास्पद र एक अर्ब पुनरतालिकीकरण गरिएको उल्लेख गरेको छ ।

वाणिज्य बैंकहरुले कुल कर्जा नोक्सानी व्यवस्थामा ४४ अर्ब रुपैयाँ राखेको छन । उनीहरुको निष्क्रृय कर्जा अनुपात १.७ प्रतिशत रहेको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको प्राथमिकता प्राप्त क्षेत्रमा गरिएको लगानी घटेको विवरण सार्वजनिक गरेको छ । वाणिज्य बैंकहरुले कुल कर्जाको २५ प्रतिशत यसक्षेत्रमा लगानी गर्नुपर्नेमा २१.७ प्रतिशत मात्र लगानी गरेका छन् ।

वणिज्य बैंकहरुले कृषिमा १० प्रतिशत कर्जा लगानी गर्नुपर्नेमा ७.३ प्रतिशत मात्र लगानी गरेका छन् । जलविद्युत, उजाए र पर्यटन क्षेत्रको लगानी पनि लक्ष्य भन्दा कम रहेको छ । यस क्षेत्रमा पाँच प्रतिशत लगानी गर्नुपर्नेमा साढे तीन प्रतिशतसम्म मात्र लगानी गरेका छन् ।

अन्य क्षेत्र अन्तर्गतको निर्यात मुलुक, साना तथा मझौला, औषधि उत्पादन, सिमेन्ट र ग्रामेन्ट उद्योगमा भने बैकहरुको लगानी लक्ष्य भन्दा धेरै रहेको छ ।

नौ महिनामा झण्डै दुई अर्ब शेयर मार्जिन कर्जा प्रवाह, कुल ४२ अर्ब नाघ्यो

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।