नबिल ब्यालेन्स फण्ड १ ले लिलामीमा ल्याएकाे ३० कम्पनीको सेयरमा बाेलपत्र पेश गर्ने अन्तिम दिन

May 27, 2018 Merolagani

नबिल ब्यालेन्स फण्ड १ (NBF1) लिलामी खुला गरेकाे तीस कम्पनीको सेयरमा बोलपत्र पेश गर्ने आइतबार अन्तिम दिन रहेको छ । योजनाको अवधि परिपक्क भएपश्चात ईकाईधनीहरुको रकम फिर्ता गर्न फण्डले आफ्नो स्वामित्वमा रहेका विभिन्न ३० कम्पनीको सेयर जेठ ६ गतेदेखि लिलामीमा ल्याएको थियाे । 

 कम्पनीले अधिकांश सेयरहरु दोस्रो बजार मार्फत बिक्री गरेको भएको पनि हालै घोषित बोनस, सूचीकृत हुन बाँकी हकप्रद र मर्जरको क्रममा रहेका केही कम्पनीहरुको सेयर लिलामी गर्न लागेको जनाएको छ । 

त्यस्तै केही सेयरहरुको बजारमा स्वच्छ र पर्याप्त माग नदेखिएको र केहीको मूल्य निर्धारण प्रक्रिया पुरा भइनसकेकाले बोलकबोलको माध्यमबाट बिक्री गर्न लागिएको कम्पनीको भनाई छ ।

कम्पनीले आरम्भ माईक्रो, मेगा बैंक, टुरिजम डेभ्लपमेन्ट बैंक, स्वदेशी लघुवित्त, सपोर्ट माईक्रो, टुरिजम डेभलपमेन्ट बैंक, उन्नति माईक्रो, सेन्चुरी कमर्शियल बैंक, डिप्रोक्स लघुवित्त, फस्ट माईक्रो, हिमालयन बैंक, मितेरी डेभ्लपमेन्ट बैंक, नेको ईन्स्योरेन्स, नेपाल सेवा लघुवित्त, हिमालयन बैंक, एनएलजी इन्स्योरेन्स लगायतको शेयर बिक्रीमा ल्याएकाे हाे । 

यस्तै नेरुडे लघुवित्त, निर्धन उत्थान विकास बैंक, एनएलजी इन्स्योरेन्स, ओम डेभलपमेन्ट बैंक, आरएसडीसी लघुवित्त, समता माइक्रो, सामुदायिक लघुवित्त, साना किसान विकास बैंक, साइन रेसुङा डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक र सुर्योदय लघुवित्तको पनि सेयर लिलामी गर्ने भएको छ ।

साथै कम्पनीले आफ्नो स्वामित्वमा रहेको विभिन्न ६ कम्पनीको डिबेन्चर र ऋणपत्र समेत लिलामीबाटै बिक्री गर्ने जनाएको छ । कम्पनीको ग्लोबल आइएमई र लक्ष्मी बैंकको डिबेञ्चर, सिद्धार्थ, एभरेष्ट, बिओके र सिटिजन्स बैंकको ऋणपत्रमा लगानी रहेको छ ।

गत चैत्र २९ गते नबिल ब्यालेन्स फण्ड योजनाको अवधि समाप्त भएको थियो । 

कम्पनीले लिलामीमा गर्न लागेको कम्पनीहरुको न्यूनतम सेयरको मूल्य प्रतिकित्ता १०० र ऋणपत्रको न्युनतम १ हजार रुपैयाँ तोकिएको छ । बोलकबोलबाट सेयर बिक्री गरेपछि सूचीकरण र कारोबार योग्य भएपछि धितोपत्र नियमावली अनुसार खरिदकर्ताको नाममा नामसारी गर्ने शर्त राखिएको छ । 

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।