सानिमा र सिटिजन्स बैंकको लिलामी सेयर किन्ने विहीबार अन्तिम मौका

Jul 06, 2017 merolagani

सिटिजन्स (CZBIL) र सानिमा बैंक (SANIMA) ले गत असार १५ गतेदेखि लिलामी खुला गरेका सेयरमा आवेदन गर्ने विहीबार अन्तिम मौका रहेको छ । दुबै बैंकले आज कार्यालय समयभित्र आवेदन गरेका बोलपत्रदातालाई मात्र लिलामीमा सहभागि गराउने भएकाले लगानीकर्ताले आजसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सानिमा बैंकले हकप्रद निश्कासन गर्दा आबेदन नपरेको साधारण समुहतर्फको दुई लाख ११ हजार ४७ कित्ता सेयर लिलामी बिक्रीमा राखेको हो ।

बैंकको लिलामी सेयर सर्कान इच्छुक लगानीकर्ताले बैंकको सेयर विक्री प्रबन्धक सीबीआईएल क्यापिटलमा बाटुलेघर डिल्लीबजारमा आवेदन दिनुपर्ने हुन्छ ।

उता सिटिजन्स बैंकले समेत संस्थापक समूहतर्फको एक लाख ९९ हजार तीन सय १३ कित्ता र सर्वसाधारण समूहतर्फको चार लाख २० हजार चार सय ९० कित्ता सेयर लिलामी विक्रीमा राखेको छ ।

लिलामी सेयर सर्कान इच्छुक लगानीकर्ताले सिटिजन्स बैंकको सेयर विक्री प्रबन्धक सानीमा क्यापिटलमा वा सिटिजन्सको प्रधान कार्यालय नारायणहिटीमा आवेदन दिनुपर्ने हुन्छ । यसअघि लिलामी भर्ने समय बुधबारसम्म तोकेर गलत सूचना बैंकले प्रकाशित भएपछि लगानीकर्ता अलमलमा परेका थिए । क्यापिटलले सूचना गलत प्रकाशित भएको भन्दै बुधबार अर्को सूचना जारी गरेको थियो ।

दुबै बैंकको लिलामीमा आवेदन गर्दा न्यूनतम एक सय रुपैयाँ तथा एक सय कित्ताको लागि वा सोभन्दा बढिका लागि बोलकबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । लगानीकर्ताले लिलामी आवेदन गर्दा १० कित्ताको गुणांकमा सेयर आवेदन गर्नुपर्ने हुन्छ भने सबैभन्दा बढि बोलकबोल गर्नेले सेयर प्राप्त गर्नेछ ।

सानिमा बैंकको लिलामी सेयरको बोलपत्रहरु असार २३ गते दिउँसो २ बजे सीबीआईएल क्यापिटलको कार्यालय बाटुलेघर डिल्लीबजार र सिटिजनस बैंकको शिलबन्दी बोलपत्र पनि असार २३ गते नै दिउँसो साढे तीन बजे सानिमा क्यापिटल नारायणचौर नक्सालमा खोलिनेछ ।

सानिमाले चालु आवको तेस्रो त्रैमासमा ९४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २३.९५ रुपैयाँ कायम गरेको छ । सानिमाको सेयर नेप्सेमा बुधबार प्रतिकित्ता  ४१६ रुपैयाँमा कारोबार भएको थियो ।

सिटिजन्सले तेस्रो त्रैमासमा ८८ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ ३४ पैसा कायम गरेको छ । सिटिजन्सको सेयर नेप्सेमा बुधबार प्रतिकित्ता ३८३ रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।