विकास बैंकको स्प्रेडदर ६ प्रतिशत कायम गर्न माग

Jun 12, 2018 Merolagani

उत्पादनशिल क्षेत्रमा बढी लगानी गर्नेलाई थप सहुलियत दिनुपर्ने
विकास बैंक संघका अध्यक्ष गोविन्द ढकालले विकास बैंकहरुको स्प्रेडदर कम्तिमा ६ प्रतिशत कायम हुनुपर्नेमा जोड दिएका छन् । विकास बैंकमा सञ्चालन खर्च बढी र आम्दानी ज्यादै न्यून भएका कारणले ६ प्रतिशत स्प्रेडदर कायम गर्न अनुरोध गरे ।

राष्ट्र बैंकले आयोजना गरेको मौद्रीक नीतिको लागि सुझाव संकलन कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढकालले विकास बैंकहरुमध्ये क्षेत्रिय स्तरिय विकास बैंकहरुमा (एक देखि १० जिल्ले बैंकहरुमा) चुक्ता पूँजी वृद्धि भएको तर बिजनेस क्षमता अनुसारको कार्यक्षेत्र नभएको भन्दै मौद्रिक नीति मार्फत कार्यक्षेत्र विस्तार गरिदिनुपर्ने बताए । 

सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न पनि राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा हाल लगानीयोग्य पूँजीको अभाव रहेकाले यसलाई मध्यनजर गर्दे लगानीमैत्री नीति आउनुपर्नेमा जोड दिए ।

साथै ढकालले उत्पादनशिल र कृषि कर्जामा राष्ट्र बैंकले तोकेको मापदण्डको सीमाभन्दा बढी लगानी गर्ने विकास बैंकलाई बढी सहुलियत प्रदान गर्न सके  लगानीकर्तालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आकर्षण गर्न सकिने बताए  ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।