एफपिओको भाउमै नेपाल बैंकको शेयर दोस्रो बजारमा कारोबार

Jul 10, 2018 Merolagani

नेपाल बैंक(NBL) को शेयर दोस्रो बजारमा पनि एफपिओको कै भाउ प्रतिकित्ता २८० रुपैयाँमा कारोबार भएको छ । शेयरबजारमा आएको निरन्तरको गिरावटले बैंकको एफपिओ बिक्री नहुने अवस्थामा पुगेको छ भने भाउ समेत घटेर एफपिओको कै मूल्यमा झरेको छ ।

मंगलबार शेयरबजारमा बैंकको १५० कित्ता शेयर प्रतिकित्ता २८० रुपैयाँका दरले कारोबार भएको हो । ब्रोकर नं ८ ले बिक्री गरेको १५० कित्ता शेयर ब्रोकर नं ५८ ले प्रतिकित्ता २८० रुपैयाँका दरले खरिद गरेको हो ।

यसदिन नेपाल बैंकको कुल २५ हजार ३३८ कित्ता शेयर ७१ लाख ४८ हजार १०६ रुपैयाँ बराबरमा कारोबार भयो । बैंकको शेयर न्यूनतम २८० रुपैयाँदेखि अधिकतम २८९ रुपैयाँसम्म कारोबार भएको छ ।

बैंकले गत असार १५ गतेदेखि २८० रुपैंयाको दरमा १ करोड ७६ लाख कित्ता निष्काशन गरेको थियो ।

सेयर निष्काशन भएको १२ दिन असार २६ गतेसम्म बैंकको जम्मा १२ लाख ६० हजार १५० कित्ता सेयर मात्र बिक्री भएको छ । बैंकको एफपिओका लागि हालसम्म ११ हजार ८८९ जनाले आवेदन गरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

उल्लेखित तथ्यांकका आधारमा हेर्दा नेपाल बैंकको ३५ करोड २८ लाख ४२ हजार रुपैंयाको मात्र एफपिओ बिक्री भएको हो । बैंकले ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैैंयाको एफपिओ निष्काशन गरिरहेको छ ।

दोस्रो बजारमा बैंकको सेयरमूल्य एफपिओको मूल्य नजिक आएपछि बैंकलाई एफपिओ बिक्री गर्न समस्या पर्ने देखिएको छ । एफपिओ सूचीकरण पश्चात बिक्री चाप धेरै आउने हुँदा कतै बुटवल पावरको हालत त हुँदैन भन्ने प्रश्नले पनि लगानीकर्तालाई घच्घच्याई रहेको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।