एफपिओको मूल्यमानै दोस्रो बजारमा नेपाल बैंकको शेयर फालाफाल !

Jul 19, 2018 Merolagani

नेपाल बैंक(NBL) को शेयर दोस्रो बजारमा पनि एफपिओ कै भाउमा पाइन थालेको छ । बिहीबार सेयरबजारमा बैंकको हजार कित्ता शेयर प्रतिकित्ता २८० रुपैयाँका दरले कारोबार भएको छ । एफपिओकै भाउमा  सेयर पाइन थालेपछि एफपिओ बिक्री नहुने देखिएको छ ।

बिहीबारको बजारमा ११ हजार ३४२ कित्ता शेयर किनबेच भएकोमा हजार कित्ता शेयर प्रतिकित्ता २८० रुपैयाँमा नै किनबेच भएको छ । बाँकी शेयर २८१ र २८२ रुपैयाँका दरले किनबेच भएको हो।

निष्काशनको २० औ दिनसम्म आइपुग्दा बैंकको एफपिओमा १४ लाख ६० हजार कित्ताका लागि मात्र आवेदन परेको छ । बैंकले एक करोड ७६ लाख कित्ता एफपिओ निष्काशन गरेको थियो ।

बिहीबार सम्म बैंकको एफपिओ अझै एक करोड ६२ लाख २४ हजार कित्ता बिक्री हुन बाँकी छ ।

अहिलेसम्म कुल निष्कासनको ८.२५ प्रतिशत शेयर मात्र बिक्री भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । बुधबारसम्मको भन्दा बिहीबार थप ८३५ जना लगानीकर्ताले ७५ हजार ६२० कित्ताका लागि आवेदन गरेका छन् ।

बैंकले गत असार १५ गते शुक्रबारदेखि एक सय रुपैयाँ फेस भ्यालूमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँका दरले एफपिओ निष्काशन गरेको हो ।

एफपिओमा लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।

बैंकको एफपिओ साउन १३ गतेससम्म जारी हुने विक्री प्रबन्धकले जनाएको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।