सानिमा बैंकले मलेशियाबाट पनि सुरु गर्याे रेमिटयान्स सेवा

Jul 18, 2018 Merolagani

सानिमा बैंक लिमिटेड र सि.बि.एल मनि ट्रान्सफर बिच मलेशिया—नेपाल रेमिटयान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सि.बि.एल मनि ट्रान्सफरको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत मो. सैदुर रहमान फराजीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत मलेशियाबाट पठाएको रकम नेपाल भरि ८ हजार भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी लिन सकिनेछ । 

मलेशियाबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा सजिलै जम्मा गर्न सकिने सानिमा बैंकका प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई जानकारी दिए ।


आन्तरिक रेमिटेन्स सेवा साथै सानिमा एक्सप्रेसले यू.ए.ई, मलेशिया, कतार, यू.के, कोरिया, लगायत विश्वभरिबाट रेमिटेन्स सेवा दिदै आइरहेको छ ।

हाल, सानिमा बैंकको सात वटै प्रदेशमा ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा ए.टि.एम रहेका छन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।