सात महिनामा भित्रियो ५ खर्ब १५ अर्ब रेमिट्यान्स, वैदेशिक रोजगारीमा जाने घटे

Mar 15, 2019 Merolagani

चालु आर्थिक वर्षको सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएकोे छ । राष्ट्र बैंकका अनुसार वैदेशिक रोगारीमा जानेको संख्या ३९.२ प्रतिशतले घटेपनि विप्रेषण आप्रवाहमा २८.५ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

माघ महिनासम्म खुद ट्रान्सफर आय २७.३ प्रतिशतले वृद्धि भएर ५ खर्ब ८६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ प्रतिशतले घटेको थियो ।

बिप्रेषण आप्रवाहमा सुधार आएपनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने कमी आएको छ । चालु आवको सात महिनाको अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले घटेको थियो ।

साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको थियो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।