अनलाइन कारोबारका लागि यूजर र पासवर्ड वितरण सुरु, कसरी लिने ?

Jul 22, 2018 Merolagani

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूर्ण स्वचालित अनलाईन कारोबार प्रणालीमा आवद्ध हुन शेयर बजारका लगानीकर्तालाई ब्रोकर कार्यालयबाट यूजर नेम र पासवर्ड लिन आग्रह गरेको छ । साथै नेप्सेले ब्रोकर कार्यालयमा गएर व्यक्तिगत विवरण अध्यावधिक गर्न पनि भनेको छ ।

नेप्सेले साउन एक गतेबाट अनलाइन कारोबार प्रणालीको परीक्षण सुरुवात गरेको थियो ।

साउन ६ गतेसम्म ५० वटै दलाल व्यवसायीहरु प्रणाली (ट्रेड म्यानेजमेन्ट सिस्टम) सँग आवद्धता भएको हुँदा सम्पुर्ण लगानीकर्तालाई युजर नेम र पासवर्ड उपलब्ध गराउन सबै ब्रोकर कम्पनीहरुलाई भनेको छ ।

 

लगानीकर्ताले यस्तो युजरनेम र पासवर्ड लिएसँगै आफ्नो कारोबार तथा म्याचिङ हेर्न सक्ने छन्। तर आफ्नो अर्डर आफैले दिन भने युएटी टेष्ट पछि मात्रै पाउने नेप्सेले जनाएको छ । परीक्षणको क्रममा सरोकारवाला बाट प्राप्त राय सुझावलाई यो प्रणालीमा यथाशिघ्र समावेश गरिने पनि नेप्सेले जनाएको छ ।

नेप्सेले ब्रोकर कम्पनीहरुलाई यूजर नेम र पासवर्ड लगानीकर्तालाई वितरण गर्न भनेपछि ब्रोकर कम्पनीहरुले समेत सुरुवात गरेका छन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।