५० वटै ब्रोकर अनलार्इन कारोबारका लागि तयार, यूजर नेम र पासवर्ड वितरण सुरु

Jul 23, 2018 Merolagani

५० वटै शेयर दलाल व्यवसायी नेप्सेले सञ्चालनमा ल्याउन लागेको अनलार्इन कारोबार प्रणालीमा आबद्ध भएका छन् । ब्रोकरहरुले अनलार्इनका लागि आवश्यक पूर्वाधार तयार गरेकाले सोमबारदेखि लगानीकर्तालाई यूजर नेम र पासवर्ड वितरण गर्ने भएका छन् ।

नेप्सेका अनुसार साउन ६ गतेसम्म ५० वटै दलाल व्यवसायीहरु प्रणाली (ट्रेड म्यानेजमेन्ट सिस्टम) सँग आबद्ध भईसकेका छन् । नेप्सेले सबै शेयर ब्रोकर अनलाईन प्रणालीमा आवद्ध भएकाले लगानीकर्तालाई यूजर नेम र पासवर्ड वितरण गर्न निर्देशन दिएको जनाएको छ ।

लगानीकर्ताले आफूले सेयर कारोबार गरिरहेको ब्रोकर कार्यालय मार्फत यूजर नेम र पासवर्ड लिन सक्नेछन् । तर यो भन्दा अगाडि आफ्नो ग्राहक परिचय विवरण (केवाईसी फारम) अध्यावधिक गर्नुपर्ने हुन्छ । केवाईसी अध्यावधिक गराउँदा खासगरी इमेल आईडी र मोबाइल नम्बर अनिवार्य चाहिने छ ।

लगानीकर्ताले ब्रोकर मार्फत यस्तो यूजर नेम र पासवर्ड लिएसँगै आफ्नो कारोबार तथा म्याचिङ्ग हेर्न सक्नेछन्। तर आफ्नो अर्डर आफैँले दिन भने युजर एसेप्टेन्स टेष्ट (युएटी) पछि मात्रै पाउने नेप्सेले जनाएको छ ।

हाललाई परीक्षण कारोबार भएकाले लगानीकर्ताले यूजर नेम र पासवर्ड पाएपनि अर्डर दिन पाउने छैनन् तर ब्रोकरले लिएको अर्डरको कार्यान्वयन कसरी भईरहेको छ भन्ने बिषयमा अनलार्इन मार्फत नै जानकारी प्राप्त गर्न भने सक्नेछन् ।

त्यस्तै अनलार्इन प्रयोगकर्ताले ब्रोकरले दिएको आदेश र आफ्नो आदेश प्रणालीमा म्याचिङ्ग भए नभएको हेर्न सक्ने पनि नेप्सेले जनाएको छ ।

अनलार्इन कारोबार प्रणालीमा समावेश सबै प्रणालीको चेकजाँचका लागि हाललाई परीक्षण कारोबार मात्र थालिएको हो । परीक्षणको क्रममा आएका सल्लाह सुझाव अनुसार यो प्रणालीमा सुधार समेत गरिदै लगिनेछ ।

यो अवधिमा सरोकारवालाहरुले दिएको सुझावलाई समेटेर आवश्यकता अनुसार परिमार्जन तथा विकास गर्न सकिने नेप्सेको भनाई छ । परीक्षण कारोबार सफल भएपछि मात्र पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आउनेछ ।

नेप्सेले साउन १ गतेबाट अनलाइन कारोबार प्रणालीको परीक्षण सुरुवात गरेको थियो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।