एनसीसी बैंकबाट प्राईम लाईफको बीमा पोलेसी खरिद गर्न सकिने

Aug 05, 2018 Merolagani

नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट (NCCB) प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलेसीहरु खरिद बिक्री गर्न सकिने भएको छ ।

बैंक र इन्स्योरेन्स कम्पनी बीच साउन २० गते बैंकांसुरेन्स सम्झौता भएसँगै एनसीसी बैंकका ग्राहकले बैंकको सबै शाखा कार्यालय मार्फत लाइफ इन्स्योरेन्स पोलिसी खरिद गर्न सक्ने भएका हुन् ।

सम्झौता अनुसार एनसीसी बैंकले कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गर्नेछ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र प्राईम लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।