रिलायबल नेपाल लाइफ र कैलाश विकास बैंकबीच बैंकान्स्योरेन्स सम्झौता

Dec 17, 2018 Merolagani

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र कैलाश विकास बैंक बीच बैंकान्सुरेन्स सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता पत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र बैंकको तर्पmबाट का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण गोपाल मानन्धरले हस्ताक्षर गरेका छन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यक्ति तथा संस्था सुहाउँदा विभिन्न किसिमको नयाँ नयाँ जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो दह्रो उपस्थिती जनाउने लक्ष्य लिएको छ । 

यहि लक्ष्य प्राप्तीको लागि इन्स्योरेन्सले कैलाश विकास बैंक लि.मार्पmत आफ्ना जीबन बीमालेखहरु बिक्री गर्नुका साथै बैंकका ७८ वटै शाखा सञ्जाल प्रयोग गरि देशको कुना कुनामा बीमाको पहुँच विस्तार गर्ने आशा लिएको छ ।

इन्स्योरेन्सले हालसम्म विभिन्न १३ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जानकारी दिए ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।