लघुवित्त संस्थाहरुमा देखिएका समस्या समयमै सुधार गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

Aug 14, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त संस्थाहरुमा देखिएका समस्याहरुलाई समयमै सुधार गरी सामाजिक जिम्मेवारी भित्र रहेर कार्य गनुपर्नेमा जोड दिएका छन ।उनले लघुवित्त संस्थाहरु ग्रामीण क्षेत्र र वित्तीय पहुँच नपुगेको वर्गमा जानुपर्नेमा जोड दिए ।

स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दे अर्थमन्त्री डा. खतिवडाले हालै विश्व बैंकले समेत नेपालको गरिवी न्यूनिकरणमा देखिएको विकासमा खुसी व्यक्त गरेको बताए ।

उनले सामाजिक–आर्थिक रुपान्तरण उद्यमशीलता तथा प्रविधिको विकास विना सम्भव नभएकाले लघुवित्त संस्थाहरु त्यस तर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिए । 

सो कार्यक्रममा केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले हालका दिनमा लघुवित्त संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण लघुवित्तको मूल मर्म र उद्देश्य भुल्दै गएको बताए ।

उनले केन्द्रले अबका दिनमा विकराल बन्दै गएको बेरोजगारी समस्यालाई उद्यमशीलताको माध्यमबाट समाधानको प्रयास गर्ने बताए जुन बंगलादेशको ग्रामीण ट्रष्टले विगत देखि संचालन गर्दै आएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।