स्वरोजगार लघुवित्तले गत बर्षको कमाईबाट गर्यो बोनश प्रस्ताव

Aug 17, 2018 Merolagani

स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) ले आफ्ना शेयरधनीहरुलाई गत बर्षको कमाईबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।

कम्पनीले गत बर्षको कमाईबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सो लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

लघुवित्तले गत आर्थिक बर्षमा तीन करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी २९ रुपैयाँ ८६ पैसा कायम गरेको थियो ।

हाल १२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी लघुवित्तको बोनसपछि चुक्ता पूँजी १४ करोड ६९ लाख पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।