नेको इन्स्योरेन्सको खुद बीमा शुल्क ३१.९०% ले बढ्यो,पूँजी वृद्धिले प्रतिसेयर अाम्दानीमा संकुचन

Aug 20, 2018 Merolagani

नेको इन्स्योरेन्सले गत आर्थिक बर्ष २०७४/७५ मा ३१.९० प्रतिशतले खुद बीमा शुल्क आर्जन बढाएर ९८ करोड ५० लाख रुपैयाँ संकलन गरेको छ । गत बर्षको यसै अवधिमा कम्पनीले ७४ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

खुद बीमा शुल्कबाट प्राप्त हुने रकम बढेसँगै नेकोको गत बर्ष ८ करोड २४ लाखले खुद नाफा बढेर २९ करोड १० लाख पुगेको छ । जुन अघिल्लो बर्षको तुलनामा ३९.५७ प्रतिशतले धेरै हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २० करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीले ७१ करोड २८ लाख रुपैयाँबाट ५० प्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी वृद्धि गरेकाे थियाे । एक अर्ब १९ करोड ६२ लाखमा पूँजी बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो बर्ष रहेको इन्योरेन्सको २९ रुपैयाँ २५ पैसा प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७४ पैसामा झरेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ६० पैसा तथा मूल्य आम्दानी अनुपात २२.५५ गुणा बढी रहेको छ ।

कम्पनीको अघिल्लो बर्ष २० करोड ६९ लाख रहेको जगेडा कोष १३ करोड १० लाख बढेर ३३ करोड ७९ लाख पुगेको छ । उसको बीमा कोषमा ४२ करोड ९८ लाख रुपैयाँ, महाविपत्ती कोषमा तीन करोड ९१ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले ४२ करोड २६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने १७ करोड ४१ लाख मात्र भुक्तानी हुन बाँकी छ ।

दुई लाख ६९ हजार ८२२ वटा बीमा लेख जारी गरेको कम्पनीले गत बर्ष एक अर्ब ६६ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो संकलन एक अर्ब ३६ करोड २३ लाख रहेको थियो । कम्पनीमा नविकरण गरिएको बीमालेख संख्या ३१ हजार ७६६ रहेको छ ।

गत बर्षमा कम्पनीले चार हजार ५७६ दाबी वापत एक ७३ करोड ७७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले एक हजार २७० दाबी वापत परेको ४० करोड ४९ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।