नाफा घट्दा पनि तिनाउले गर्यो बोनस बढाउने प्रस्ताव, कति दिने भयो ?

Sep 17, 2018 Merolagani

तिनाउ विकास बैंक(TNBL) ले गतबर्षको कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । आइतबार बसेको बैंक संचालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र कर बापतको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो बर्ष दश प्रतिशत बोनस र पाँच प्रतिशत नगद वितरण गरेको बैंकले यो बर्षको बोनस बढाएर १२ प्रतिशत पुर्याएको छ भने करको लागि मात्र नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले बोनस बापतको करका लागि ३२ लाख रुपैयाँ छुट्याएको छ ।

बैंकले प्रस्ताव गरको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

अघिल्लो बर्षको तुलनामा गतबर्ष बैंकको नाफा घटेपनि बैंकले नगद घटाएर बोनस बढाएर लाभांश प्रस्ताव गरेको छ । गत आर्थिक वर्षमा बैंकले ७ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जबकि बैंकले अघिल्लो बर्ष ९ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको चुक्ता पूँजी ५० करोड ६९ लाख रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ५६ करोड ७७ लाख पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।