समीट माइक्रोले प्रस्ताव गर्यो आकर्षक लाभांश

Sep 17, 2018 Merolagani

समीट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव गरेको छ । माइक्रोफाइनान्सको भदौ ३१ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले २३.५३ प्रतिशत बोनस तथा १.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा माईक्रोफाइनान्सले ३४.४८ प्रतिशत बोनस तथा १०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

अहिले माइक्रोफाइनान्सको चुक्ता पूँजी १७ करोड रुपैयाँ छ । प्रस्तावित बोनस वितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी २१ करोड रुपैयाँ पुग्नेछ ।

अघिल्लो आर्थिक वर्षमा ५ करोड ९५ हजार रुपैयाँ खुद नाफा कमाएको माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा ४ करोड २९ हजार रुपैयाँ खुद नाफा कमाएर २३ रुपैयाँ ५५ पैसा प्रतिसेयर आम्दानी कायम गरेको थियो ।

गत आर्थिक वर्षमा एक बराबर एकको अनुपातमा हकप्रद सेयर समेत निष्काशन गरेको माइक्रोफाइनान्सले एकै पटक ७ करोडको पूँजीलाई १७ करोड पुर्याएर २३.५३ प्रतिशत बोनस वितरण गर्न सक्नुले लगानीकर्तालाई उत्साहित बनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।