मंसिर २ गतेदेखि आईपिओ निष्काशन गर्न लागेको लघुवित्तको यस्तो छ प्रगति

Nov 13, 2018 Merolagani

मंसिर २ गते देखि आईपिओ निष्काशन गर्न लागेको सामुदायिक लघुवित्त वित्तीय संस्था (SAMUDAYIK) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४०.६६ प्रतिशतले नाफा बढाएको छ ।

गत आर्थिक वर्षको यस अवधिमा २८ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले यस अवधिमा ४० लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ निष्काशन पश्चात चुक्ता पूँजी दश करोड रुपैयाँ पुग्नेछ । लघुवित्तले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपिओ मंसिर २ गते देखि निष्काशन गर्दैछ ।

लघुवित्तको जगेडा कोषमा ३ करोड ७९ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले असोज मसान्तसम्ममा २८ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन र ३७ करोड ३५ लाख रुपैयाँ सापटी लिएर ८० करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसअवधिमा कम्पनीले खुद ब्याज आम्दानी एक करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा लघुवित्तले १ करोड ५० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

कम्पनीको खराब कर्जा अनुपात १.२३ प्रतिशत रहेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।