सामुदायिक लघुवित्तको आईपिओमा आवेदन गर्ने आज अन्तिम, ४२ गुणा बढीकाे आवेदन

Nov 21, 2018 Merolagani

सामुदायिक लघुवित्त (SAMUDAYIK) ले मंसिर २ गतेदेखि निष्काशन गरेको ३ करोड रुपैयाँ बराबरको साधारण शेयर आईपिओ) मा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ । संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको ३ लाख कित्ता आईपिओ निष्काशन गरेको हो ।

लघुवित्तको साधारण शेयरमा तेस्रो दिनसम्ममा एक लाख ७९ हजार १२१ वटा आवेदकबाट  मंसिर ४ गते मंगलबारसम्म ४२.५९ गुणा बढी आवेदन परेको छ ।

लघुवित्तले सर्वसाधारणमा २ लाख ७३ हजार कित्ता शेयर निष्काशन गरेकोमा एक करोड १६ लाख २६ हजार ४५० कित्ता शेयरका लागि एक अर्ब १६ करोड २६ लाख बराबरको आवेदन परेको बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।

तीन दिनको प्रारम्भिक आँकडामा हिसाब गर्ने हो भने एक लाख ५१ हजार ८११ आवेदक रित्तो हात हुने देखिन्छ । २७ हजार ३१० जना सर्वसाधारण आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् ।

लघुवित्तले निष्काशन गर्ने तीन लाख कित्ता आईपिओमध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले दुई लाख ७३ हजार कित्तामा लागि मात्र आवेदन गर्न पाउँँनेछन् ।

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि-आश्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्थाबाट ७७ जिल्लाबाट तथा मेरो शेयर सफ्टवेयरको प्रयोग गरेर पनि आवेदन गर्न सक्नेछन् । लघुवित्तको आईपिओमा न्युनतम ५० र बढीमा एक हजार पाँच सय कित्तासम्म आवेदन गर्न पाईनेछ ।

७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ निष्काशन पश्चात दश करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

त्यस्तै संस्थापक लगानीकर्ताको ७० प्रतिशत तथा साधरण लगानीकर्ताको ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको छ।

गत वर्षको माघमा आईपिओ निष्काशन गर्न आह्वानपत्र प्रकाशन गरेपनि कमजोर संस्थागत सुशासन र वित्तीय विवरणमा कैफियत भेटिएपछि राष्ट्र बैंकको निर्देशनमा धितोपत्र बोर्डले कम्पनीलाई आईपिओ निष्काशनमा रोक लगाएपछि एक वर्षपछि आइपिओ निष्काशन गरेको हो ।

सामुदायिक लघुवित्तको आईपिओमा ४२ गुणा बढी आवेदन

मंसिर २ गतेदेखि आईपिओ निष्काशन गर्न लागेको लघुवित्तको यस्तो छ प्रगति

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।