प्रथम त्रैमासमा चिलिमे अब्बल, अरु जलविद्युत कम्पनीको यस्तो छ अवस्था

Nov 21, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत जलविद्युत कम्पनीहरुमध्ये १२ वटा जलविद्युत कम्पनीले चालू आर्थिक बर्षको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन्। उक्त वित्तिय विवरणलाई हेर्दा प्रायः सबै सूचकमा चिलिमे हाइड्रोपावर अब्बल देखिएको छ । 

गत आर्थिक बर्षको यसै अवधिको तुलनामा खुद नाफा घटेपनि अन्य हाइड्रो कम्पनीहरुको वित्तिय विवरणलाई हेर्दा चिलिमे नै अग्रस्थानमा देखिएको छ ।

चुक्ता पूँजी, जगेडा कोष, विद्युत विक्री मार्फत हुने आम्दानी, सञ्चालन नाफा, खुद नाफा प्रतिशेयर आम्दानी र लगानीमा प्राप्त हुने प्रतिफलमा चिलिमे अब्बल देखिएको हो ।

१२ हाइड्रोमध्ये चिलिमेले सबैभन्दा धेरै २६ करोड ७९ लाख खुद नाफा आर्जन गरेको छ भने अरुण काबेलीको खुद नाफा सबैभन्दा कमजोर देखियो । अरुण काबेलीले २६ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ ।

१२ कम्पनीमध्ये सानिमा माई र वुटवल पावरको खुद नाफा १० करोड भन्दा माथि छ भने ७ वटा हाइड्रोको ५ करोड हाराहारी रहेकोमा २ वटा हाइड्रोले एक करोडभन्दा कम खुद नाफा कमाएका छन् ।

त्यसैगरी विद्युत विक्री गरेर सबैभन्दा बढी आम्दानी गर्ने हाइड्रोका रुपमा पनि चिलिमे पहिलो बनेको छ ।

चिलिमे हाइड्रोले विद्युत विक्री मार्फत ३६ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ भने सबैभन्दा कम रिडि हाइड्रोले विद्युत विक्री मार्फत १ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ । प्रशारण लाइन निर्माणको प्रक्रिया चलिरहेकाले अरुण काबेलीले भने हालसम्म विद्युत विक्री गर्न सकेको छैन ।

 

चुक्ता पूँजीका आधारमा हेर्ने हो भने सबैभन्दा धेरै चुक्ता पूँजी चिलिमे हाइड्रोको ३ अर्ब ९६ करोड रुपैयाँ छ भने वरुण हाइड्रोको सबैभन्दा कम २५ करोड ५२ लाख रुपैंया छ । त्यस्तै सानिमा माई र वुटवल पावरको चुक्ता पूँजी २ अर्बभन्दा बढी तथा यूनाइटेड मोदी, नेशनल हाइड्रो र अरुण काबेलीको एक अर्बभन्दा बढी छ ।

जगेडा कोषका आधारमा पनि चिलिमेसँग सबैभन्दा बढी अर्थात ५ अर्ब २४ करोड रुपैयाँ सञ्चित छ भने नेशनल हाइड्रोको जगेडा कोष ४२ करोड ३८ लाख रुपैयाँले ऋणात्मक छ ।

प्रायः सबै सूचाङ्कमा चिलिमे अब्बल रहेपनि प्रतिशेयर आम्दानी सानिमा माई हाइड्रोको धेरै छ । सानिमाको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ७६ पैसा रहेको छ भने सबैभन्दा कम अरुण काबेलीको ६८ पैसा छ ।

नेटवर्थका आधारमा २९८ रुपैयाँ ११ पैसाका साथ वुटवल पावर अगाडि रहेको छ भने सबैभन्दा कम नेशनल हाइड्रो पावरको नेटवर्थ ६९ रुपैयाँ ४२ पैसा कायम छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।