गण्डकी विकास बैंकको कोहलपुर शाखाको औपचारिक उद्घाटन

Dec 10, 2018 Merolagani

गण्डकी विकास बैंक (GDBL) ले बाँकेको कोहलपुरमा आफ्नो शाखाको मंसिर २३ गतेदेखि औपचारिक उद्घाटन गरेको छ। प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले आफ्नो उद्घाटन मन्तव्यमा बैंकलाई कोहलपुरमा स्वागत गर्न पाउदा अत्यन्तै खुसी व्यक्त गर्दै बैंक ग्रामिण क्षेत्रका जनताको सहयोगी बन्न शुभकामना दिएका छन् ।

उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी गराएका थिए ।

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजना प्रदान गर्दै अाइरहेकाे छ ।

त्यस्तै एबिबिएस, एटीएम, सि आश्वा, आइपिएस, र मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

बैंकले आ.व. २०७५/७६ को प्रथम त्रैमासमा सञ्चालन मुनाफा १५ करोड ३० लाख रुपैयाँ आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप २३ अर्ब ७२ करोड रुपैयाँ र कर्जा तर्फ २१ अर्ब २४ करोड रुपैयाँ पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।

बैंकका सञ्चालक कृष्ण बहादुर थापाक्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका उपनिर्देशक नारायण प्रसाद पोख्रेल, कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा र उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।