प्रभु लाइफ इन्स्योरेन्सका तीन शाखा थपियो

Feb 07, 2019 Merolagani

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड (PLIL) ले आफ्ना नेपालगञ्ज, घोराही र बुटवलमा थप तीन नयाँ शाखा कार्यालयहरुको शुभारम्भ गरी कारोबार सुरु गरेको छ। नेपालगञ्ज, घोराही तथा बुटवल तीनवटै शाखा कार्यालयहरुको समुद्घाटन कम्पनीका अध्यक्ष डा. आत्मा राम घिमिरेले माघ २०, २१ र २३ गते गरेको हुन्।

अध्यक्ष घिमिरेले यस कम्पनी शाखाहरु विस्तारको क्रममा रहेको र अरु जीवन बीमा कम्पनीहरुका भन्दा राम्रा बीमा योजना भएको तथ्य प्रकाश पार्दै पश्चिम नेपालका विभिन्न स्थानहरुमा भएका शाखा विस्तारबाट आफू हर्षित भएको र यस क्षेत्रका बासिन्दाहरुलाई समेत प्रभु लाइफ इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह समेत गरे।

कार्यक्रममा कम्पनीका नि. प्रमूख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्घेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे । आगामी निकटतम दिनहरुमै कम्पनीले देशैभरी थप शाखाहरु विस्तार गर्दै लैजाने जानकारी दिए।

दुई अर्ब जारी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीहरुको तर्फबाट एक अर्ब ४० करोड चुक्ता भैसकेको छ भने निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने तयारीमा कम्पनी छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।