जनता बैंक नेपालको सबै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना

Jan 15, 2019 Merolagani

जनता बैंक नेपाल (JBNL) ले पुस ३० गतेबाट देशको सबै ७ ओटै प्रदेशमा एक साथ प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको बैंकले जनाएको छ ।

बैंकले प्रदेश १ को ट्रफिक चोक, बिराटनगर, प्रदेश २ को भानु चोक, जनकपुर, प्रदेश ३ को स्कूल रोड, हेटौडा, गण्डकी प्रदेशको न्यूरोड पोखरा, प्रदेश ५ को हस्पिटल लाइन, बुटवल, कर्णाली प्रदेशको बिरेन्द्रचोक सुर्खेत र सुदुरपश्चिम प्रदेशको चटकपुर, धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो । 

प्रादेशिक कार्यालयले प्रदेशका निकायहरुसंग समन्वय गर्ने तथा प्रदेशमा रहेका यस बैंकका शाखा कार्यालयहरुको अनुगमन गर्नेछ । प्रादेशिक कार्यालयको स्थापनाबाट बैंकको सेवा प्रवाह अझ स्तरीय तथा सरल हुने विश्वास लिईएको छ । स्थापना भएका प्रादेशिक कार्यालयहरुलाई क्रमिक रुपमा शशक्त बनाउन साधन श्रोत थप गरिँदै लगिने बताइएकाे छ ।

बैंकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी हाल १२९ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ७९ एटीएम, २ सिमित्त बैंकिङ्ग इकाई र २ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् ।

बैंकले आगामी दिनमा आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देश भरी नै सशक्त उपस्थिति जनाउने योजना रहेको छ ।

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।